बुधबार देखी डोल्पा बन्द खुल्ने,सांकेतिक आन्दोलन जारी राखिने

 दुनै(डोल्पा) २२ फागुन
डोल्पा सदरमुकाम दुनै सातौ दिन पनि पुर्ण रुपमा बन्द रह्यो ।
सदरमुकाम दुनैमा रहेको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामबासीले एकसाता देखि आन्दोलन जारी राखेका छन् ।
नगरको केन्द्र पुनःसदरमुकाममै कायम गुर्नपर्ने माग राख्दै आन्दोलन जारी राखेपछि सातौ“ दिन पनि सदरमुकाम दुनै बजार बन्द भएको हो ।
फागुन १६ गते दुनैमा रहेको उक्त नगरापलिकाको केन्द्र जुफाल सारिएको सुचना राजपत्रमा प्रकाशित भएपछि सुरु भएको दुनैबासीको आन्दोलनका कारण शैक्षिक स“स्था,सरकारी तथा गैह्र सरकारी कार्यालयहरु समेत ठप्प भएकाछन् ।
सेवा प्रदायक स“घ संस्था बन्द भएपछि सेवाग्राहीलाई समस्या भएको छ भने स्कुले बिद्यार्थी र नजिकि“दै गरेको एस.इ.ई परीक्षाको तयारीमा रहेका बिद्यार्थीहरु सबैभन्दा धेरै प्रभावित बनेकाछन् ।
आन्दोलनको कारण जिल्लामा रहेको नेपाल बैङ्क,कृषि विकास बैङ्क र सिटिजन्स बैङ्कको समेत सेवा प्रवाह प्रभावित भएपछि सेवाग्राही मारमा परेकाछन् ।
आन्दोलकै डरका कारण सेवाग्राहीहरु सदरमुकाम जान क्रसित बनेका छन् ।
बुधबार डोल्पा बन्द खुल्ने
केन्द्र सारेको बिरोधमा एकसाता देखि जारी आन्दोल कारण बन्द भएको दुनै बजार बुधवार देखि खुल्ने भएका छ ।
बन्दका कारण शैक्षिक स“स्था,बैङ्किङ कारोवार,दैनिक उपभोग्य बस्तुहरुको आपुर्तीमा,सरकारी तथा गैह्र सरकारी कार्यलयबाट प्रदान गरिने सेवा प्रवाह समेतलाई मध्येनजर राख्दै बुधबार देखि बन्द खुलाईएको संघर्ष समिति डोल्पाले जनाएको छ ।
बुधबार देखि बन्द खुलाईएपनि सांकेतिक आन्दोलि र बैचारिक आन्दोलनलाई जारी राखिने बताईएको छ ।जस अन्तर्गत शान्तिपुर्ण बिरोध सभा,हस्ताक्षर संकलन अभियान र कालो झन्डा प्रर्दशन लगाएतका सांकेतिक कार्यक्रम जारी रहेन आन्दोलन संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिनुभयो ।
उहा“का अनुसार छोटो अवधिमा आफुहरुको माग पुरा नभए पुनःआन्दोलनको स्वरुपमा परिबर्तन गरेर अनिश्चितकालीन बन्द गरिने समेत संयोजक शाहीले बताउनुभयो ।
नगरको केन्द्र दुनै पुनःकायमहुनुपर्ने आफुहरुको माग पुरा नभएसम्म आन्दोलनलाई शसंक्त बनाई संघर्ष समितिका संयोजक हिक्मत शाहीले बताउनुभयो ।

रामचन्द्र न्यौपाने




सम्बन्धित समाचार


error: Content is protected !!