बादललाई गृह र वर्षमानलाई उर्जा मन्त्रालयको जिम्मेवारी दिइयो, कसलाई कुन मन्त्रालय ?

माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री अोलीलाई बालुवाटार पुगेर आफ्नो पार्टीकातर्फबाट सहभागी हुने मन्त्रीको नाम बुझाएका थिए ।
एमाले–माआेवादीको समतिअनुसार माअाेवादीले राष्ट्रपति नपाउने भएपछि नेता रामबहादुर थापा बादललाई गहृमन्त्री बनाएर पठाइएको छ । बादलले राष्ट्रपतिमा अाफ्नाे दाबी गर्दै अाएका थिए । त्यस्तै गृहमन्त्रीको दाबी गर्दै आएका वर्षमान पुनलाई भने उर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको माअोवादीनिकट उच्च स्रोतले भेरिखवरलाई बतायो ।
त्यस्तै माअोवादीबाट मन्त्री हुनेहरुमा विना मगर, गिरिराजमणी पोखरेल, मात्रिका यादव, जनार्दन शर्मा, शक्ति बस्नेत रहेका छन् । विना मगर अध्यक्ष प्रचण्डकी बुहारीसमेत हुन् । माओवादीका भागमा गृह, जलस्रोत तथा उर्जा, श्रम रोजगार महिला तथा सामाजिक सुरक्षा, कृषि तथा सहकारी, उद्योग वाणिज्य र आपूर्ति, सहरी विकास र वन तथा वातावरण मन्त्रालय परेका छन् ।









