डोल्पो लोसारको शुभकामना दिदै पहाडीले भन्नुभयो , विकास र संवृद्धीका लागि हामी हामी एक जुट हुनुपर्छ

काठमाण्डौँ । काठमाण्डौँमा डोल्पो लोसारको अवसरमा शुभकामना तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । डोल्पा समाज द्धारा आयोजित कार्यक्रममा प्रतिनिधीसभा सदस्य सत्य पहाडीले सवैलाई शुभकामना दिदै डोल्पाको विकास अनि संवृद्धीका लागि एक जुट भएर अगाडी वढ्नुपर्नेमा जोड दिनुभयो । डोल्पावाट पहिलो राज्यको नीति निर्माण तहमा पुग्न सफल हुनुभएकी पहाडीले समग्र डोल्पालाई विकासको मुलधारमा ल्याउनका लागि सवै पक्ष एकत्रित भएर अगाडी वढ्नुपर्नेमा जोड दिनुभयो । डोल्पामा सव थोक भएपनि परिचालमा समस्य हुँदा यहाँका स्थानीयले वर्षेनी घाटा वेहोदै आएको वताउनुभयो । सुन्दर डोल्पाको परिकल्पना र योजनाका साथ लामो संर्घषको मैदान वाट आउनुभएकी पहाडी डोल्पाको विकास, संम्वृद्धीका लागि खटिनुभएको छ । डोल्पाको स्रोत साधन समुचित रुपमा प्रयोग ,उत्खन्न हुँन सके सिंगो नेपाललाई धान्ने उहाँको भनाई छ । त्यस्तै कार्यक्रममा सांसद धनवहादुर वुढा ,जगधुला गाउँपालिकाका अध्यक्ष नारसिंह रोकाय, जिल्ला समन्वय समितिका संयोजक शेरवहादुर वुढा ,छार्काताम्सोलिग गाउँपालिकाका अध्यक्ष हरुको सहभागीता रहेको थियो । टुल्क,ु रनाक, रिम्जोछेहरु ,स्थानीयवासी र विदेशी पाहुँनाहरु गरि करिव ३ हजारको सहभागीता रहेको थियो । उद्योग वाणिज्य महांसंघ केन्द्रिय केन्द्रिय सदस्य लंकमान वुढा , जनजाती महासंघका नरुवु लामाको पनि सहभागीता रहेको थियो ।
नयाँ वर्षको शुभकामना दिन आएका सवैलाई आयोजक समितिका रिम्जोछे निमा लामा, झेम्पा लामा, शाक्य लामा लगाएतले हार्दिक आभार व्यक्त गर्नुभएको थियो ।





error: Content is protected !!