एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै बन्नुपर्छः शक्ति बस्नेत

काठमाण्डौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेतले एमाले–माओवादी एकतापछि बन्ने एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड नै हुनुपर्छ भन्ने अडानमा आफूहरु रहेको बताएका छन् ।

उनले एकीकृत पार्टीको अध्यक्षमा सहमति जुट्न नसकेको बताउँदै अन्य विषयले गर्दापनि पार्टी एकता प्रक्रिया लम्बिएको बताए । पार्टी एकताको विषयमा शीर्ष नेताहरुबीच निरन्तर छलफल चलिरहेको बताउँदै नेता बसनेतले प्याकेजमै सहमति गरेर एकता गर्ने तयारी भएको जानकारी दिए । एकतालाई सामान्य खेलाँचीको रुपमा लिन नहुने भन्दै उनले नेता कार्यकर्ताको व्यवस्थापन, संगठन निर्माण, नीति र विचार लगायतका सबै कुरा मिलाएर मात्रै एकता हुने बताए ।

चुनावका लागि बनाइएको वाम गठबन्धनलाई जनताले पार्टी एकता गर्नका लागि अनुमोदन गरेको भन्दै नेता बस्नेतले कुनै हालतमा पार्टी एकतालाई सफल बनाउनु पर्ने बताए ।





error: Content is protected !!