डोल्पाको राजनितिक ईतिहाँसमा संघिय नेपालकोे पहिलो मन्त्री बने बुढा

दुनै(डोल्पा) ६ फागुन
दुर्गम हिमाली जिल्ला डोल्पाले पनि मन्त्री पाएको छ ।डोल्पाको राजनितिक ईतिहाँसमा संघिय नेपालको पहिलो मन्त्रीको रुपमा नन्दसिंह बुढा मन्त्री बन्नुभएको हो ।
नेकपा एमाले डोल्पाबाट प्रदेश क्षेत्र नंबर १ बाट अत्याधिक मत सहित बिजयीहुनु भएका बुढा ६ नंबर प्रदेशबाट उद्योग,पर्यटन ,बन तथा बाताबरण मन्त्री बनेपछि डोल्पाको हकमा बुढाले ईतिहाँस रच्नुभएको हो ।
डोल्पाबाट बुढा मन्त्री बनेपछि डोल्पामा खुशीयाली छाएको छ । आईतबार मात्रै ६ नंबर प्रदेशको राजधानी सुर्खेतमा सपथ लिँदै बुढाले मन्त्रीको पदभार ग्रहण गर्नु भएको छ ।
युवा अवस्थामै मन्त्री भएकाले उहाँको जोश,जाँगर,दुरदृष्टिले गर्दा डोल्पामात्र नभई समग्र ६ नंबर प्रदेशमानै बिकासको गति बड्ने अपेक्षा रहेको छ ।
सुनको सिरानीमा निदाएर नुनकोे खोजीमा भौतारी रहेको प्रदेश नं ६ समृद्धीको दिशातर्फ लम्कने पनि सबैको अपेक्षा रहेको छ ।
रामचन्द्र न्यौपाने










