दुर्घटना रोक्न यातायातका साधनमा स्टी«कर

जाजरकोट (रासस)ः दुर्घटना न्यूनिकरण गर्न टा«फिक प्रहरीले जाजरकोटमा यातायातका साधनमा स्टी«कर टाँस्न आग्रह गरेको छ ।
एक हप्ता भित्र स्टी«कर नटाँस्ने यातायातका साधनलाई कारवाही गर्ने टा«फिक प्रहरीले जनाएको छ । जाजरकोट सदरमुकाम मा भित्रने र वाहिरिने यातायातका साधनमा अनिवार्य रुपमा स्टी«कर टाँस्न आग्रह गरिएको हो । रातीको समयमा स्टी«कर नहुँदा यातायातका साधनहरु ठोकिन गई दुर्घटना वढेको टा«फिक प्रहरीको भनाई रहेको छ । जाजरकोटका सवै यातायात व्यवसायी र टा«फिक प्रहरीको संयूक्त वैठकले एक हप्ता भित्र यातायातका साधनमा स्टी«कर राखिसक्ने सहमती भएको टा«फिक प्रहरी जाजरकोटका सहि देवहादुर खत्रीले वताउनुभयो ।
राती रोकि राखेका यातायातका साधनमा स्टी«कर राख्दा टाढै वाट देखिने भएकाले दुर्घटना नहुँने खत्रीको भनाई छ । गुडिरहेका यातायातका साधन र रोकिराखेका यातायातका साधनहरु एक आपसमा ठोकि, दुर्घघटना वढेपछि टा«फिक प्रहरीले यस्तो निष्कर्षमा पुगेको हो । जाजरकोटका ग्रामीण क्षेत्रमा रहेका सडकमा चालक अनुमती पत्र नभएका चालकले मनपरी रुपमा यातायातका साधनहरु सञ्चालन गरिरहेको पाईएको छ ।
जनशक्ति अभावमा गाउँ गाउँमा टा«फिक प्रहरी खटाउन नसकिएको हो । जाजरकोट सदरमुकाममा भने सवारीसाधन चेक,जाँचमा निकै कडा वनाएको छ । नियमित विपरित सञ्चालन गदै आएका यातायातका साधनहरुको संख्य ह्वातै घटेको छ । सवैले सहयोग गरेमा सुरक्षित यात्रा र भरपर्दो गन्तव्य वनाउन सकिने टा«फिक प्रहरीको भनाई छ ।
हेमन्त के सी ———
पानि परेपछि किसान खुसी
जाजरकोट , ३० माघ (रासस)ः हिउँदेवाली लगाए देखि पानी नपर्दा समस्यमा परेका यहाँका किसानहरु पानि पर्दा खुसी भएका छन् ।
सोमवार विहान देखि लगातार पानि पर्दा जिल्लाका ७ वटा स्थानीय तहका किसानहरु खुसी भएका हुँन् । हिउँदेवाली सुक्न थालेपछि मर्कामा परेका किसानहरु पानि परेपछि खुसी भएका हुँन् । पानिको अभावमा सुक्न थालेको हिउँदेवालीमा राहत पुगेको छ । सिचाईको अभावमा आकाशे पानिको भरमा यहाँका किसानले विभिन्न हिउँदे वालीको खेति गदै आएका छन् ।
पानि परेसंगै जिल्लाको वारेकोट गाउँपालिका , नलगाड नगरपालिकाको उत्तरी क्षेत्र, जुनीचाँदे गाउँपालिकामा चिसो वढेको छ । चिसो वढेसंगै यहाँका किसानका घर,घरमा हिमपात भएको छ । हेमन्त के सी ———










