जनयुद्ध दिवस, सवैमा शुभकामना जनयूद्धका सारथी वस्नेत र पहाडीले दिए शुभकामना

जाजरकोट  । नेकपा माओवादी केन्द्रले आज देशै भरी जनयूद्ध दिवस मनाउँदै छ । २३ औ वर्षमा प्रवेश गरेको यूगान्तकारी जनयूद्धको उद्गम थलो जाजरकोट पनि रहेको छ । जाजरकोटको जुनिचाँदे, रिम्ना, सिर्को लगाएतका ठाउँमा विभिन्न कार्यक्रमको आयोजना गरि जनयूद्ध दिवस मनाईरहेको नेकपा माओवादीका नेता गगनवहादुर खड्काले वताउनुभयो ।

महान जनयूद्धमा साथ दिने सवै र यूग नायक नेपाली जनतालाई २३ औ वर्षगाढको हार्दिक मंगलमय शुभकामना दिदै माओवादी नेता शक्तिवहादुर वस्नेतले यो जनयूद्धको कमाण्डर अनि नेतृत्व प्रति हार्दिक आभार व्यक्त गनुभएको छ । घाईते ,अपाङ, वेपता योद्धाहरु, सहिद परिवार को सपना पुरा गर्ने अभियानमा निरन्तर लागेको समेत विज्ञप्तिमा भनिएको छ ।

अहिलेको परिवर्तन सवैको योगदान वाट प्राप्त भएको भन्दै अव यो उपलव्धीको रक्षा गदै समाजवादी क्रान्तिमा लाग्ने अठोट समेत व्यक्त गरिएको छ । त्यस्तै माओवादी नेतृ सत्य पहाडीले एक विज्ञप्ति प्रशाशतित गरि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले सहिदको वाटो र सपना पुरा गर्ने आफ्नो शुभकामनामा उल्लेख गनुभएको छ ।





error: Content is protected !!