प्रदेश ६ को औद्योगिक महोत्सव सुर्खेतमा

हेमन्त के सी
सुर्खेत २७ माघ ।  नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ६ ले २६ माघदेखि सुरु गर्ने प्रदेशस्तरीय औद्योगिक व्यापार, पर्यटन तथा कृषि महोत्सवको तयारी पूरा भएको छ । फागुन ८ सम्म सञ्चालन हुने मेलामा ३० करोड रुपैयाँबराबरको करोबार हुने अपेक्षा गरेको छ ।

सुर्खेतको वीरेन्द्रनगरको घन्टाघर लाइनमा हुन लागेको महोत्वसमा करिब ३ लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ६ का संयोजक पदम शाहीले बताए ।

महोत्सवका आकर्षण
महोत्सवमा अन्तर्राष्ट्रिय प्रदर्शन, निकासीयोग्य वस्तुसम्बन्धी गोष्ठी, ताजा तरकारी तथा फलफूल प्रदर्शनी, होटेल व्यवस्थापन तथा श्रम कानुनसम्बन्धी जानकारी र फुड फेस्टिबललगायतका आकर्षण हुनेछन् ।

त्यसैगरी, पर्यटकीय स्थलका फोटो प्रदर्शनी, लघुउद्यमसम्बन्धी गोष्ठी, हस्तकला सामग्री प्रदर्शनी, देउडा तथा दोहोरी गीत प्रतियोगिता, पुस्तक तथा शैक्षिक सामग्री प्रदर्शनी र स्थानीय गीत एवं नृत्यको प्रदर्शनीसमेत हुनेछ ।

उत्पादक र उपभोक्ताबीच सम्बन्ध अभिवृद्धि गर्ने, प्रदेश ६ को संस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने, कृषि पेसालाई व्यावसायिक बनाउनेलगायतका उद्देश्य छन् ।





error: Content is protected !!