विरामी विद्यार्थी सच्चो गर्न धामी गुहाँदै शिक्षक,अभिभावक

जाजरकोट ,  दुई हप्ता देखि जाजरकोट नलगाड नगरपालिका वडा ८ स्थित पंञ्च भयार माविमा विद्यार्थीहरु विरामी हुँदा पढाई प्रभावित भएको छ ।
धामी,धाक्री हेराउने देखि विद्यालय वन्द सम्म गर्दा पनि विदार्थीहरु विरामी क्रम नरोएपछि समस्य भएको विद्यालयकी शिक्षिका नन्दा शाही केसीले जानकारी दिनुभयो ।

 

धामीलाई देखाई एउटा वोका काट्दा सम्म विद्यार्थीहरु विरामी हुँन नरोएपछि सुक्रवार फेरी अभिभावक, शिक्षक र विद्यार्थीहरु मष्ट देविकोमा गएका छन् । विद्यालयमा २४ लाखमा निर्माण भएको नयाँ भवनमा विद्यार्थीहरु पढाउन सुरु गर्दा देखि नै विरामीहरु विरामी पर्दा पढाई प्रभावित हुँदै आएको छ ।
दैनिक कक्षा सुरु गर्न वितिकै ५ देखि ७ जनाको दरले विद्यार्थीहरु विरामी हुँदा विद्यालयमा पढाई प्रभावित हुँदै आएको छ । एक हप्ता अघि ३ दिन विद्यालय वन्द गरि धामी लाई लिएर वोका काट्दा सम्म विद्यार्थीहरु सन्चो भएका छैन्न । विद्याथीहरु कक्षा कोठामा वस्न वितिकै भुत आयो भन्दै पेट मिचेर रुदै ,कराउदै विरामी हुँने गरेका छन् ।





error: Content is protected !!