नारिवलको तेल लगाउँदा

० नरिवलको तेलमा फ्याटी एसिड पर्याप्त मात्रामा हुने कारण कपालको जरालाई मोइस्चर दिएर छोटो समयमा ग्रोथ गर्न मद्दत गर्छ । जसले गर्दा कपालमा साइन दिनुका साथै पातलो कपाललाई पनि बाक्लो देखाउँछ ।
० नरिवलको तेलले क्लिन्जरको पनि काम गर्छ । कटनमा नरिवलको तेल भिजाएर अनुहार सफा गर्दा मुहारलाई चम्किलो बनाउँछ ।
० यो तेलले छालाबाट विषालु तत्व बाहिर निकाल्छ । जसले गर्दा अनुहारबाट डार्कस्पट पनि कम गराउँदै जान्छ ।
० शरीर या अनुहारको छाला सुक्खा छ भने नुहाउनुअगाडि एक्स्ट्रा भर्जिन कोकोनट आयलको मोस्चराइजर प्रयोग गर्दा सुक्खापन बिस्तारै हट्दै जान्छ ।
० नियमित कपालमा नरिवलको तेल लगाउँदा कपाल झर्ने समस्या कम हुनुका साथै बच्चालाई जिउमा लगाउँदा पनि फाइदाजनक हुन्छ ।










