भूतकाण्ड मच्चाउनेलाइ स्थानीयले गाउँ निकाला गर्ने, अब यसको जिम्मेवार रबि लामिछाने हुन्छन ?

सिधा कुरा जनता संग कार्यक्रमबाट भुत काण्ड प्रसारण भएपछी देशमा हलचल मच्चिएको थियो । लोक प्रिय कार्यक्रमले भूत काण्डलाई नै बढावा दिएर, यो धर्तीमा भुतहरुको बास पनि छ भन्ने दावी गर्दै, अफवाह पूर्ण ढंगबाट राष्ट्रिय मिडियाबाट एकोहोरो प्रचारप्रसार गरिए पछी अहिले स्थिति एकदमै फरक र सह्माल्नै नसक्ने बनेको छ ।
उक्त भुतकाण्डले मानिसहरु भयभित अबस्थामा आतंकित बनाउने कार्य गरेको छ । हामीले समस्याको उठान मात्रै गर्दैनौ समाधान पनि गर्छौ भन्दै, भुत काण्डमा २४ न्युजले देखाएको तमासाले देशवासीलाई नै आतंकित बनायो । उक्त टेलिभिजनबाट गरिएको अनर्गल प्रचारले देशका कलिला बालबालिकाहरुको मस्तिष्कमा गहिरो नेगेटिभ छाप बसालेको छ ।
यस्तो संबेदनशील बिषयलाई राष्ट्रिय मिडियाबाट स-प्रमाण भन्दै यो भन्दा अघिको एपिसोडमा प्रसारण गरिनु र फेरी घरकै महिलाको कारण गलत भएको पुष्ट्याइ गरेको बहानामा पर्दाफास गरेको नाटक सृंखलाबद्द् ढंगले टेलिभिजनको टेलिसिरियल झैँ प्रसारण गरिनु, अध्यात्मिक चिन्तनमा रुमल्लिएकाहरुको सेन्टिमेन्ट संग खेल्दै भुत काण्डलाई हतियार बनाएर टिआरपि बटुल्ने योजना प्रष्टै देखिन्छ ।
जनताले अध्याधिक मन पराएको सिधा कुरा जनता संग कार्यक्रमबाटै भुत काण्डको रेपोर्टिंग भैरहदा बिश्वास गर्ने आधारहरु कतै पनि देखिदैनन्थे, केवल उनीहरुले बोलेको आधारलाई स-प्रमाणको रुप दिंदै यति ठुलो राष्ट्रिय मिडियाबाट छताछुल्ल पारिदा मिडिया प्रति नै अबिश्वासको प्रश्न उठेको छ ।
यदि यो बिषय एउटै एपिसोडबाट उठान र समाधान गरेको भए, यदि ठुलो हलचल बन्दैनथ्यो र स्वाभाविक बन्थ्यो । तर २४ न्युज च्यानलले योजनाबद्द् एक पछी आर्को घटना प्रबाह गर्नुले टिभीको टिआरपि बढाउन भुत काण्डलाई प्रयोग गरेको सजिलै बुझ्न सकिन्छ । उक्त अबधि भर देशलाई नै तवाहमा राखेर मानसिक रुपमा तड्पाई रहनु अपराधिक कार्य हो ।
टिभीको पहिलो प्रसारणलाई राम्रो संग नियालेर हेर्ने हो भने पिडितहरुका अनुसार भन्दै भुत भएको ठोकुवा समेत गरेको छ । केहि दिन डर त्रासमा अल्मल्याएर सत्य तथ्य बाहिर ल्याउने ढ्वांग फुक्दै उतिखेरैको घटनालाई आर्को शृंखलामा क्रमिक रुपमा प्रस्तु गरिएको छ । यस्तो भयभित बनाउने २४ न्युज टेलिभिजनको नियत प्रति औला उठाउन जरुरि छ ।
यसको बिस्तृत खण्डन स-बिस्तार पछी गर्ने छौ ।अब यति बेला गम्भीर बिषय उत्पन्न भएको छ । सिधाकुरा जनता संगको कार्यक्रममा प्रचारप्रसार भएकै कारण भुत काण्ड मच्चाउने परिवारलाई नै गाउँ निकाला गर्ने तयारि स्थानीयबासीले गर्दै छन् । यसको जिम्मेवार सिधा कुरा जनता संगका रबि लामिछाने जिम्मेवार हुने कि ? २४ न्युज टेलिभिज जिम्मेवार हुन्छ ?
यस्तो गम्भीर अबस्था आउनुका पछाडी २४ न्युज टेलिभिजनको ठुलो हात हुन्छ । संबेदनशीलताको ख्यालै नगरी टेलिभिजनको पर्दाबाट डंका पिट्दा उत्पन्न हुने समस्याको समाधान अब सिधा कुरा जनता संगले कसरि समाधान गर्छ ? यो पनि हर्न बाँकी छ ।
हेर्नुहोस भिडियो, टिकाथली भुतकाण्डको पर्दाफास भएपछि दोषीलाई गाउँनिकाला गर्ने तयारीमा स्थानीवासीहरु देखिन्छन ,










