नलसिङगाड जलविद्युत आयोजनाको डिपिआरमा ढिलाई

हेमन्त केसी, सुर्खेत–जाजरकोटको नलगाड नगरपालिका वडा नं १ मा निर्माण हुन लागेको जलासययूक्त नलसिंङ गाड जलविद्युत् आयोजनाको डिपिआर तयार गर्न ढिलाई भएको छ । चारसय १० मेघावाट उत्पादन क्षमताको आयोजनाको डिपिआरमा भएको ढिलाइसँगै आयोजनाको भविश्यमाथि नै प्रश्न उठ्न थालेको छ ।


नलगाड नगरपालिका वडा नं ७ दल्लीमा आयोजनाको विद्युत उत्पादन गृह रहनेछ । वारेकोट गाउँपालिका वडा नं ८ अधेरीखोलामा जलासययूक्त वाध निर्माण हुनेछ । त्यसका लागि कालिमटीदेखि अधेरीखोलासम्मको १० किलोमिटर सडकमध्य ३ किलोमिटर पहुँचमार्ग मात्र निर्माण भएको छ । अन्य सडक निर्माणका लागि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण कामले गति लिन नसकेको स्थानीयले बताएका छन् ।
कालीमटीदेखि खनटाकुरा हुँदै सिर्के अधेरीखोलासम्म वैकल्पिक पहुँचमार्ग निर्माणका लागि आयोजनाले ठेक्का दिएको छ । वाँधस्थलदेखि काँडादल्ली सम्म ८।२५ किलोमिटर भुमिगत सुरुङ निर्माण गरि दल्लीमा रहेको भुमिगत उत्पादन गृहमा पानी खसाल्ने आयोजनाको लक्ष्य छ । डिपिआरको जिम्म लिएको स्मेक कम्पनीले बाँधस्थल र विद्युत् उत्पादन गृहमा डिपिआरको काम गर्ने जिम्मा लिएको थियो । अहिलेसम्म डिपिआरको ४० प्रतिशतमात्र काम भएको आयोजनाका प्रमुख नरेन्द्रसिंह भण्डारीले जानकारी दिए । डिलिङगको काम १ हजार मिटर भएपनि अहिलेसम्म ५ सय मिटर मात्र डिलिङ गरिएको छ ।


३ सय ५० मिटरभित्र भुमिगत विद्युत उत्पादन गृह वनाउनु पर्ने भएकाले उत्पादन गृहमा डिपिआरको काम वाँकी रहेको छ । डिपिआरका लागि डिलिङ मेसिन भेरी नगरपालिका १ रिम्नामा रहेकोले सो ल्याउन नसक्दा समस्या भएको बताइएको छ । जेनेरेटर १५ क्विन्टल र २४ क्न्टिलको डिलिङ मेसिन ल्याउन सेनाको हेलिकप्टर मागिएपनि उपलव्ध नभएकाले ढिलाइ भएको प्रमुख भण्डारीले वताए ।
आयोजना पुर्वाधारका काममा ढिलासुस्ती हुँदा स्थानी जनतामा चिन्ता बढ्नु स्वभासिवक भएको सांसद गणेशप्रसाद सिंहले वताए । नलगाड सरोकार समिति अध्यक्ष समेत रहेका सिंहले डिपिआरको तत्काल सक्न आफ्नो प्रयास रहने पनि बताए ।





error: Content is protected !!