सेना दिवसमा भारतीय सेना प्रमुख अाउँदै

काठमाडौँ- नेपाली सेना दिवसकाे उपलक्ष्यमा भारतीय सेना प्रमुख विपिन रावत नेपाल अाउने भएका छन्।
रावत माघ २९ गते नेपाल अाउने नेपाली सेना स्राेतले जनाएकाे छ। नेपाली सेनाले शिवरात्रीकाे दिन सेना दिवस मनाउँदै अाएकाे छ।
शिवरात्रि यसपटक फागुन १ गते छ। सेना दिवशमा अायाेजना हुने विषेष कार्यक्रममा अतिथिका रुपमा सहभागी हुने रावत फागुन २ गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रधानसेनापति राजेन्द्र क्षेत्रीकाे निमन्त्रणामा जनरल रावत नेपाल अाउन लागेका हुन्।
सेना दिवसमा विदेशका सेना प्रमुख नेपाल अाउन लागेकाे याे पहिलाे पटक हाे। नेपाल र भारतका सेनाले एक अर्काका सेना प्रमुखलाइ मानार्थ प्रमुख मान्दै अाएका छन्।










