राष्ट्रियसभा सदस्यका लागि ६ नम्वर प्रदेशमा मतदान जारी फोटो फिचर

हेमन्त के सी
सुर्खेत
। प्रदेश नं ६ राष्ट्रिय सभा सदस्य छनोटका लागि मतदान जारी रहेको छ । जिल्ला निर्वाचन कार्यालयको प्रागनमा मतदान जारी रहेको हो । बुधबार १० बजेदेखि दुई मतदान केन्द्रमा मतदात जारी रहेको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतदान केन्द्र (क) मा स्थानीय तहका प्रमुख तथा उप–प्रमुखलाई मतदान गर्ने व्यवस्था मिलाइएको छ । यस्तै, केन्द्र (ख) मा प्रदेशसभा सदस्यहरुले मतदान गरिरहेका छन् ।
तीन महिला, तीन जना अन्य, एक दलित र एक जना अल्पसंख्यक गरी आठ जनाका लागि यो प्रदेशमा तीन राजनीतिक दलबाट १२ जनाले उम्मेदवारी दिएका छन् । पाँच जना एमाले, तीन जना नेकपा (माओवादी केन्द्र) र चार जना नेपाली कांग्रेसबाट उम्मेदवारी चुनावी मैदानमा छन्।
प्रदेश ६ मा स्थानीय तहको १ सय ५८ र प्रदेशसभा ४० गरी १ सय ९८ मतदाता छन । ७९ वटा स्थानीय तह रहेको यो प्रदेशमा स्थानीय तहको २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी जम्मा ४ हजार ७ सय ६४ मतभार छ । एमाले र माओवादीले गठबन्धनमार्फत निर्वाचनमा सहभागी हुने भएकाले प्रदेश ६ मा वाम गठबन्धनको ३ हजार ५ सय ४६ मतभार हुन आउने देखिन्छ । कांग्रेसको मतभार १ हजार २६ हुन आउँछ। यस प्रदेशमा राष्ट्रियसभा जित्न एक जनाले १ हजार १ सय ६६ मत ल्याउन आवश्यक हुन्छ।










