जडिवुटी चोरी निकासी वढ्यो

जाजरकोट , १० माघ (रासस) ः यहाँको वारेकोट गाउँपालिका रहेका विभिन्न सामुदायिक वनमा जडीवुटी चोरी निकासी वढेको छ । सामुदायिक वन र वडा कार्यालयले जडिवुटी संकलन गर्न प्रतिवन्ध लगाएपनि भित्रभित्रै चोरी वढेको हो ।
पटक , पटक चोरी निकासीका लागि वडा कार्यालय र सामुदायिक वनले ताकेता गरेपनि स्थानीयवासीले लुकिछिपी चोरी निकासी रोकिएको छैन् । जुम्लाका व्यापारीको मिलेमत्तोमा यहाँका हिमालवाट चोरी निकासी वढेको छ । वारेकोट गाउँपालिका वडा ४ का सवै हिमालमा जडीवुटी चोरी निकासी वढेको हो । काँडामासी, भुत्ले, खिराङलो, चुक, पाँचऔले, लसुन, तितेपाती, समयो लगाएतका जडिवुटी चोरी निकासी भएको छ । स्थानीय व्यापारीले कामदार नै लगेर चोरी निकासीका लागि संकलन तथा नियात गररहेका छन् । हिमालमा ४ सय भन्दा वढी पालहरु राखेर चोरी निकासी भईरहेको स्थानीय कालीवहादुर वोहराले वताउनुभयो ।
स्थानीय व्यापारीले चितुवा, माघ, भालु , मृग, तथा विभिन्न वन्य जन्तु समेत चोरी सिकारी यहि ठाउँमा भईरहेको छ । जुम्लाको सिमानामा भएका कारण निगरानी गर्न समस्य भएको छ । सामुदायिक वनका केही सदस्यको मिलोमतोमा समेत रहेको पाईएको छ ।
हेमन्त के सी ———





error: Content is protected !!