सरकारले नियुक्त गरेका प्रदेश प्रमुखमा ओलीको आपत्ती

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमती नभएको वताएका छन् ।

 

बैंककमा स्वास्थ्य उपचार गरेर बिहीबार स्वदेश फर्किएका ओलीले  सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सहमति दिए पनि व्यक्ति र स्थानको हकमा सहमति नरहेको बताए ।
ओलीले भने, ‘प्रदेश राजधानी र प्रमुख तोक्नु भन्ने सहमति हो,तर सरकारले गरेका निर्णयमा सहमति छैन ।’

 

प्रदेश प्रमुखहरु हटाउनुहुन्छ भन्ने प्रश्नमा उनले उपयुक्त समयमा उपयुक्त निर्णय लिने बताए ।
सरकारले ढिलै भएपनि अस्थायी मुकाम तोकेर अप्ठ्यारो फुकाएको भन्दै एमाले अध्यक्ष ओली प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए ।





error: Content is protected !!