सुर्खेत राकममा मोटर साइकलको ठक्करबाट १ महिलाको मृत्यु

 

पुष २१ सुर्खेत । सिम्ता गाउँपालीका वडा ६ राकममा मोटरसाईकिलको ठक्करबाट १ जनाको ज्यान गएको छ । जामुने वजार देखि सल्यान सल्लीवजार आउँदै गरेको भे ६ प ७७५७ नं को मोटरसाईकिलले ठक्कर दिदाँ सिम्ता गाउँपालीका वडा ६ राकम निवासि ४९ वर्षिया जयभद्रा शाहीको मृत्यु भएको छ । शाहि पिठ्युँ मा भारि बाेकेर सडक क्रस गर्दै गर्दा तीब्र गतिमा हुइकेको बाइकले ठक्कर दिएको थियोे ।

 

सिम्ता गाउँपालीका राकममा रहेको इलाका प्रहरी कार्यालय नजिकैको दुरीमा घटना घटेको थियो । मोटरसाईकिल चालक बनगाड कुपिण्डे नगरपालीका १ सल्लीवजार निवासि कमल वि.सी. र यज्ञ घर्तिमगरलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।





error: Content is protected !!