केपी ओली फेरी बैंकक जांदै

काठमाडौं–एक सातादेखी अस्वस्थ रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । ओली निकट स्रोतकाअनुसार उनि नियमित स्वास्थ्य जांचको लागी बैंकक जाने तयारीमा छन् । ओलीको आगामी बुधवार बैंकक भ्रमण निश्चित भइसकेको उनि निकट स्रोतको दाबी छ ।

चुनावमा धपेडिको कारण एक साता अघि ओली अस्वस्थ बनेका थिए । पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले शुक्रवारबाट राजनितिक भेटघाट समेत सुरु गरेका छन् । झाडापखाला र वान्ता आउने समस्या भएपछि ओली केही दिन कार्यकर्ता र राजनितिक भेटघाट बन्द गरेर घरमै आराम गरिरहेका थिए ।

माओवादी केन्द्र र एमालेबीच पार्टी एकता हुने⁄नहुनेबारे आशंका भइरहेका बेला ओलीको बैंकक भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ । माओवादी केन्द्र र एमालेबीच ‘पावर सेयरिङ’ मा कुरा नमिल्दा एकता पक्रियामा ढिलाइरहेको बेला ओली उपचारको लागी बैंकक भ्रमणमा जान लागेका हुन ।

केही दिन अघि ओली एमालेका प्रभावशाली नेतासहित चीनसंग नाका जोडिएको रसुवाको केरुङ पुगेका थिए । बैंकक भ्रमणका क्रममा ओलीले चिनियां प्रतिनिधिसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको उच्च स्रोतको दाबी छ ।





error: Content is protected !!