काठमाण्डौको तापक्रम बुधबार भन्दा २डिग्री घट्यो,हिमपात हुने सम्भावना ।

वायुमण्डललाई छेक्ने कुनै पनि बादल नबन्दा आकाश खुलेको र देशभरी नै चिसो बढेको मौसम विदहरुले जनाएका छन् । राति आकाश खुला हुदा शीत र तुसारो पर्ने भएको कारणले पनि तापक्रमामा गिरावट आउने गर्दछ । चीसो बढेसँगै देशभरीको जनजीवन केही कष्टकर बन्न थालेको छ । काठमाडौंको बिहीबार बिहानको न्यूनतम तापक्रम यो वर्षकै कम एक दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यस्तै जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री, जोमसोमको माइनस ३ दशमलव २ र जीरीको माइनस २ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ ।
सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १० डिग्रीमा झर्दा अधिकतम तापक्रम १५ दशमलव ३ डिग्री मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसो अझै बढ्ने मौसमविद पोख्रेलको भनाई छ । पश्चिमी वायुको प्रभावले बिहीबार पूर्व र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिक बदली हुनुका साथै केही ठाउँमा हिमपातको संभावना रहेको उनले जनाएका छन् ।










