पुर्ब जन मुक्ती सेना ,मेरुदण्ड पीडित सुरेन्द्र बम्जनलाइ प्रचण्ड द्वारा सहयोग रकम हस्तान्तरण ।

काठ्माण्डौ।
सिन्धुलीका पुर्ब जनमुक्ति सेना एबम प्रगतिशील साहित्य कर्मी,तामाङ समाजका प्रखर साहित्य कर्मी सुरेन्द्र कुमार बम्जन बिगत ५बर्ष देखि मेरुदण्ड पीडित हुनु हुन्छ।
बिगत ५बर्ष अघि पाटिको काम लिएर सदरमुकामबाट गाउँ फर्कदै गर्दा बाटोमा भिरबाट लडेर शक्त मेरुदण्ड पिडित हुनु भएका बम्जनलाई उपचारको लागि विभिन्न देशहरुमा संकलन भएको रकम आज पुर्ब प्रधानमन्त्री एबम माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड द्वारा केन्द्रिय पाटि कार्यालय पेरिस डाडा एक कार्यक्रमका बिच संकलन भएको रकम हस्तान्तरण गरिएको छ।सो कार्यक्रम नेपाली जन प्रगतिशील मन्च युएइ अध्यक्ष हेमन्त पौडेलले संचालन गर्नु भएको थियो साथै उक्त कार्यक्रममा वाइसीएल नेपालका केन्द्रिय अध्यक्ष दिपशिखा र माओवादी केन्द्र अन्तर्राष्ट्रिय बिभागका सचिब युबाराज चौलागाईं ,युवा चर्चित गायक नवीन खडका ,कुशल कार्यक्रम संचालिका स्मारिका थिङ र जन प्रगतिशील मन्चका अन्य सदस्यहरूको समेत उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको छ।

उक्त संकलन भएको रकम माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागमा आबद्द नेपाली जन प्रगतिशील मन्च दक्षिण कोरिया, कुवेत, साउदी अरव , कतार र प्रगतिशील कलाकार संघ यु ए इ ले सास्कृतिक कार्यक्रम गरि जुटाइएको हो।
जसमा प्रगतिशील कलाकार संघ युएइले रु ४लाख,नेपाऐ जन प्रगतिशील मन्च दक्षिण कोरियाले रु ७०हजार ,नेपाली जनप्रगतिशिल मन्च कुवेतले रु ३०हजार,नेपाली जन प्रगतिशील मन्च कतारले रु २१हजार पैतिस र नेपाली जन प्रगतिशील मन्च साउदी अरबले रु २७हजार तीन सय तीस सहयोग गरेको छ।
सहयोग रकम हस्तान्तरण गर्दै प्रचण्डले सहयोग गर्ने नेपाली जन प्रगतिशील मन्चका सहयोगी दाता तथा बिदेश बिभागका सबैलाइ धन्यवाद दिनु भएको छ। बामपन्थीहरुको नेतृत्वमा बन्ने नयाँ सरकारले जनयुद्ध र जनआन्दोलनका घाइतेहरुको उपचार र जीवन निर्वाहका लागि नीतिगत निर्णय गर्ने बताउनु भएको छ।










