कार्यकारी रास्ट्रपति प्रणाली हुन्छ बस्नेत , बनगाड नगरपालिका नेतृत्व पाएका कारण अब विकासले फड्को मार्छ, शाह

सयुक्त बाम गठबन्धनको आज बनगाड कुपिन्डे नगरपालिका १ सल्लीबजारमा चुनावी सभा सम्पन्न भएको छ। चुनावी जनसभामा बोल्दै विन विभागीय मन्त्री तथा प्रतिनिधि सभा उम्मेदवारी टेकबहादुर बस्नेतले म पहिलेको जस्तो उधारो म नाएर अहिले संविधान ल्याएर आएको र अझै संविधान पुर्ण नभएकोले संविधान पुर्ण बनाउन बाम गठबन्धन सहित पार्टी एकताको लागि तपाई हरु माझ आएको र अहिले बाम गठबन्धन जिताए पछि दुई तिहाई ल्याएर संविधान संशोधन गरेर कार्यकारी रास्ट्रपति प्रणालीमा जाने उदेश्य रहेको बताएका छन ।
दुई तिहाई आए पछि स्थिर सरकार बने र २० वर्षमा हुन नसकेको काम अब ५ वर्षमा नै सम्पन्न हुने बताएका छ्न । स्थिर सरकार भए पछि बेरोजगारी मुक्त नेपाल हुने र अहिलेको निर्वाचनमा तपाई हरुले के चाहानु हुन्छ । पुजिपती वर्ग नेतृत्व कि समाजवादी वर्गको नेतृत्व चाहनु हुन्छ । त्यो चुन्ने अधिकार तपाइहरु सङ छ । प्रदेश सभा क्षेत्र न १ का उम्मेदवार गुलाब जंग शाहले सदरमुकाम बाट बनगाड क्षेत्र सधै पछाडी परेको थियो । अब पछाडि पर्ने दिन गैसकेको बताएका छ्न । शाह् दुबै प्रदेश सभामा बनगाड नेतृत्व पाएका कारण अब विकासमा अगाडि हुने बताएका छन ।
बनगाड विकासमा पछाडि भए पनि उम्मेदवार दिन अगाडि परेको बताएका छन । प्रदेश सभा क्षेत्र न २ का उम्मेदवार प्रकाश ज्वालाले बाम गठबन्धन जित सुनिश्चित हुँदै गएकाले ढुक्क भएर बाम गठबन्धनलाई मतदान गरि बिजय गराउन आग्रह गरेका छन । उक्त जनसभालाई माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य काली बहादुर मल्ल प्रमुख अतिथिमा भएको कार्यक्रममा विन विभागीय मन्त्री तथा प्रतिनिधि सभाका उम्मेदवार टेकबहादुर बस्नेत , प्रदेश क्षेत्र १ उम्मेदवार गुलाब जंग शाह ,प्रदेश क्षेत्र २ उम्मेदवार प्रकाश ज्वाला ,माओवादी केन्द्र समानुपातिक उम्मेदवार टीका बुढाथोकी ,माओवादी युवा नेता रमेश मल्ल , लगाएको नेताहरुको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा बनगाड कुपिन्डे नगरपालिका चुनावी प्रचारप्रसार समिति सयोजक तथा एमाले जिल्ला अध्यक्ष गोविन्द कुमार पुनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रचारप्रसार समिति उप सयोजक धन ब पुन र स्वागत रबिराज शर्माले गरेका थिए ।










