प्रचण्डको ऐतिहासिक जीत, बादरमुढे पीड़ितहरूद्वारा माडीमा भव्य स्वागत

बसंतपुर, चितवन । चितवनको बादरमुढे घटनाका पीड़ितहरूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भव्य स्वागत गरेका छन ।

yमाओवादी जनयुद्दका क्रममा चितवनको बादरमुढेमा भएको दुर्घटनाका पीड़ितहरूले माडीमा आयोजित चुनावी कार्यक्रमको क्रममा ब्यानरसहित अध्यक्ष प्रचण्डको स्वागत गरेका हुन ।

अध्यक्ष प्रचण्डलाई स्वागत गर्दै पीड़ितहरूले बादरमुढेको नाममा धेरैले राजनीति गरेको बताए । “पीड़ितहरूमाथि र केही पीड़ितहरूले पनि अरु पीड़ितहरूमाथि थप पीड़ा थोपरेकोले अब आफ्ना समस्याको हल द्वेस र द्वन्दबाट नभइ प्रचण्डको पहलबाट मात्र संभव हुने निर्क्यौलमा पुगेर प्रचण्डको स्वागत गर्न आएका हौ ।” स्वागतपछि अध्यक्ष प्रचण्डसँग ऊनीहरूले भने ।

पीड़ितहरूसँग छलफलपछि नेकपा माओवादी केन्द्र र पीड़ितहरूबीच ३ बूँदे सहमती समेत भएको छ ।

माडी नगरपालिका प्रमुखको कार्यकक्षमा भएको सहमती पत्रमा नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष प्रचण्ड र पीड़ितहरूका तर्फबाट २९ जनाले हस्ताक्षर गरेका छन ।

सहमतीमा पीड़ितहरूलाई रोज़गारीको व्यवस्था, छोराछोरीलाई शिक्षा र काम गर्न नसक्नेहरूलाई जीवनबृतीको व्यवस्थाका लागि पहल गर्न माओवादी केन्द्रले ज़िम्मेवारी लिने उल्लेख छ ।





error: Content is protected !!