दलित शब्द भन्दा पनि एकताको आवाज समाज र राज्यलाई भन्न जरुरी छ-आशिष परियार

अरुकाे के कुरा तिमीलाई नै मेराे प्रश्न …..?

दलित शब्दसँग भन्दा पनि हामी एकताकाे अावाज कसरी दिने समाज र राज्यलाई भन्ने तिर लाग्न जरुरि छ ।
१) अझै बिकट ठाउँमा पुरानै शैलीमा ज्यु र हजुर चलिरहेको छ र भन्न बाध्यता पनि छ । दलित हितमा च्याउ सरह खाेलिएका संगठनहरु त्यहाँ पुगेर जनचेतना दिन जरुरि छ ।
२) दलित भित्रकाे विभेद हताउन जरुरि छ पहिले बल्ल शुरुआत हुँदैछ हामीले देखि रहेका छाै मुखमा राम राम बगलिमा छुरा भैरहेकाे छ । केही ठाउँमा दलित भित्र बिबहा हुदा परिवारले स्वीकार नगरेका घटना पनि छन ।
३) दलित भित्र पनि वर्गिय विभेद छ । समाजमा जातिय घटना हुदा पहुँचवाला धनाध्य दलितले अावाज दिदैन्न ।
४) अार्थिक , शैक्षिक र बाैद्दिक रुपमा हामी सक्षम हुन जरुरि छ । किन कि सक्षम दलितहरुलाई एका दुई गैर दलितले छाेरी कन्यादान पनि गरेका समाचार अाउछन । समाजमा केही समानता देखाउने गरेकाे पाइन्छ । नत्र अजित मिजार जस्तै अन्तरजातीय बिबाहले धेरैले ज्यान गुमाएका छन ।
५) दलित मुद्दामालाई राजनीतिबाट हेरिदा पनि हामी अाफुमा नै एकता नहुने देखिन्छ ।
६) अब हाम्रो मुक्ति कै लागि अाबस्यक रकम अाफै जुटाउन सहकारी बाटाे छानाै । भन्छन ” एक थुकि सुकि सय थुकि नदी।”
७) साच्चिकै ! शाेषण, दमन र अपहेलनाबाट मुक्त भई हामी सबै नेपाली भन्ने हाे भने पहिले अाफ्नै ठाउँ गाउँका दलित मानिनेहरु तै काँध मिलाएर शुरुआत अाफुले नै गराै ।

अाशिष परियार “झिल्के”
बेनपा-२ अर्जम म्याग्दी
हाल – मलेसियामा





error: Content is protected !!