अध्यादेश पारित नगर्न राष्ट्रपतिसंग प्रचण्ड र ओलीको आग्रह

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसंग भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शितल निवासमा बुधवार भएको भेटमा दुवै शिर्ष नेताले राष्ट्रियसभासम्बन्धी अध्यादेश राजनीतिक दुराशयका साथ आएको भन्दै अध्यादेश पारित नगर्न राष्ट्रपतिसंग आग्रह गरेका थिए ।

उनिहरुले सरकारले राजनीतिक सहमती विना गलत नियत राखेर संशोधन गर्न खोजेको भन्दै विरोध समेत जनाएका थिए ।

राष्ट्रपति कार्यालय स्रोतकाअनुसार दुवै नेता भेटमा कांग्रेसले स्थानिय निकायको चुनावअघि बहुमतीय प्रणालीलाई नै स्विकार गरेको दाबी गर्दै अहिले आएर अनावश्यक बखेडा झिकेको आरोप लगाएका थिए ।
जवाफमा राष्ट्रपति भण्डारीले राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेशमा सहमति जुटाउन आग्रह गरेकी थिईन । राष्ट्रपतिले आफुले संविधानको परिधिभित्र रहेर काम गर्ने भन्दै त्यसका लागी सबै दलले सहयोग गर्नुपर्ने धारणा राखेकी थिईन ।





error: Content is protected !!