नेपालमै अन्त कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीबासीले यसरी मनाए

रामचन्द्र न्यौपाने
डोल्पा–भाइ तिहार सकिएको दुई महिनापछि कर्णालीबासीले ‘छोरा तिहार’ मनाएका छन् ।

छोरा तिहार प्रत्येक बर्ष पौष शुक्ल द्धितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणहरुले धुमधामका साथ मनाउने गर्दछन् ।

भाइटीकाका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता गलामा माला र सगुनको रुपमा घरमै बनाईएको सेलरोटी,फिनीरोटी,चिनिरोटी जस्ता परिकारहरु सहित छोरालाई टिका लगाउने प्रचलन छ ।

टीका सँगै छोरालाई दिर्घायु र प्रगतीको कामना गर्दै आर्शिबाद दिने गरिन्छ ।

छोराले पनि आमालाई दक्षिणाको रुपमा पैसा,धोती चोली लगाएतका सामाग्रीहरु दिएर टिका थाप्ने गरिन्छ । छोरा तिहारमा आमाको हातबाट टिका थापीसके पछि सम्पुर्ण पुरुषहरु जम्मा भई प्रत्येक घर–घर तथा गाँउ बस्तीहरुमा पुगेर भैलो खेल्ने प्रचलन छ ।

अाजको दिनमा महिलाहरु पनि सार्वजानिक स्थलहरुमा भेला भएर चुट्कीला देउडा खेलेर रमाईलो गर्ने र एक अर्काको पिर ब्यथा साटासाट गर्ने गरिन्छ ।

भाई तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने त्रिपुरा सुन्दरी १ का स्थानीय रबीप्रसाद न्यौपानेले बताए । यो भैलो तिहारको देउसी भन्दा फरक ढङ्गबाट र फरक लयमा खेलिने उनले बताए । भैलो खेलेर मागेको चामल,धान,पैसा सबै भैलो खेल्न गएकाहरु सबै मिलेर (पाठी भात) स्थानीय भाषामा खाने प्रचलन रहेको छ ।

छोरा तिहारमा आमा नहुनेहरुले भने स्थानीय मन्दिरहरुमा गएर पुजारीको हातबाट टिका अक्षता लगाउने गर्छन ।
भैली यसरी गाइन्छ
आउँशीया बार भैलो
दरमुद बार भैलो
दरमुद्यया खोली भैलो
बाँस झोली भैलो
बाँस भित्र भैलो
आर्या न तार्या भैलो
पिपलु पाती भैलो
रायकी छाती भैलो
बखरी खानु भैलो
त्यो बाखरी कसो सुवाला भैलो
कसो सुवाला भैलो
भैलो दिने घरीनाको एककान सुन छ भैलो
एक कान मोती भैलो
सुर्यकी ज्वती भैलो
भेडो दिन्नन् डो¥याईए ल्याउला भैलो,घोडो दिन्नन चढि ल्याउला,त्यहीँ पर जाँउला पिरती लगाँउला भैलो
पिरतीका बार भैलो
आकाश जरा भैलौ पात्तला शिला भैलो





error: Content is protected !!