माओवादीबाट राष्ट्रपति बादल बन्ने,सभामुखमा महरासहित एक दर्जन नेता दौडमा

माओवादीबाट राष्ट्रपति बादल बन्ने,सभामुखमा महरासहित एक दर्जन नेता दौडमा

काठमाडौं– नेकपा माओवादी केन्द्रको तर्फबाट वरिष्ठ नेता  रामबहादुर थापा ‘बादल’ राष्ट्रपति बन्ने सम्भावना बढेको छ । माओवादी केन्द्रले थापालाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । माओवादीको शिर्ष नेताहरुमध्ये बादल कहिबाट उम्मेदवार थिएनन् । उनको समानुपातिकमा समेत नाम छैन् ।

 

 

 

बादलसहित हालका उपराष्ट्रपति नन्दबहादुर पुनले पनि राष्ट्रपति हुने ईच्छा देखाएका छन् ।

 

 

माओवादी केन्द्र र एमालेबीच प्रधानमन्त्री र राष्ट्रपति बाड्ने सहमती बनेको स्रोतको दाबी छ । एमालेबाट अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने करिब पक्का भएपछि माओवादीबाट थापाको राष्ट्रपति बन्ने निश्चितजस्तै भएको हो ।

 

दुई पार्टीका अध्यक्षबीच राष्ट्रपति र सभामुख माओवादीलाई दिने र प्रधानमन्त्री एमालेले लिने लगभग सहमती भइसकेको छ । माओवादीमा सभामुखका लागी कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल, अग्नि सापकोटा, हरिबोल गजुरेल र निवर्तमान सभामुख ओनसरी घर्तीमगर लगायतले दाबी गरीरहेका छन्  ।

 

 

एमालेबाट वर्तमान राष्ट्रपति विद्या भण्डारी र नेता झलनाथ खनालले राष्ट्रपतिमा दावी गरिरहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!