राजनीतिक क्रान्ति पुरा भयो अव समाज परिर्वतको जिम्मा आएको छ – पुर्व गृहमन्त्री वस्नेत

23758319_1488118227910501_444857374_n

जाजरकोट  (रासस) ः जनताले दिएको जिम्मेवारी पूरा गरेको पुर्व गृहमन्त्री शक्ति वस्नेतले वताउनुभयो । मलाई संविधान वनाउन जाजरकोटी जनताले पठाउनु भएको थियो मैले त्यो पूरा गरे उहाँले भन्नू भयो ।
अब समाज परिवर्तनको मुख्य दायित्व मेरो काधमा आएकोले त्यो पूरा गर्न म दैनिक लागिरहेको वस्नेतले वताउनुभयो । जिल्लाको स्याउली वजारमा चुनावी सभालाई आईतवार वेलुका सम्वोधन गदै यहाँले भन्नुभयो “ दोस्रो संविधान सभाको चुनावमा मैले यहि मञ्चवाट यहाँको विकास निर्माणका लागि जुन प्रतिवद्धता व्यक्त गरेको थिए त्यो पुरा गरेको छु , भुर, पुन्मा र जगतिपुरमा जनताको माग अनुसार सवै योजना हालिएको छ ”
जाजरकोट परिवर्तनको चाहना जनताले चाहे जस्तै गरि हुने उहाले वताउनुभयो । दुई तिहाई को वामपन्थी सरकार वन्ने सुनौलो अवसर केही दिन मात्र वाकि रहेको उहाँले दावि गर्नुभयो । पाच वर्ष पछि काङ्ग्रेस भित्र उम्मेदवार को लागि तानातान नहुने भन्दै उहाले अब देशमा नयाँ युगको सुरुवात भएको वताउनुभयो । जाजरकोट अस्पताल मा अब ६ महिना भित्र स्टाप नर्ष , हेल्थ असिस्टेन्ट पढाई सुरु हुने वताउनुभयो ।
भारत र चिन जोड्ने सडक जाजरकोट वाट हुँदै निर्माण हुन लागेकाले हामी अब मुल्यवान जिल्ला का नागरिक हुन लागेको उहाँले वताउनुभयो । राजनीतिक क्रान्ति पुरा भएकोले अव समाज परिवर्तन गर्न आफ्नो मुख्य उदेश्य भएको उहाँले वताउनुभयो ।

त्यस्तै प्रदेश सभा सदस्य जाजरकोट क्षेत्र १ का उम्मेदवार गणेश सिहले जनतको छोरा उम्मेदवार भएकाले जित निश्चित भएको वताउनुभयो । एमालेमा कृष्ण विसिले विजय भईसकेको तर घोषण गर्न मात्र पर्खेको वताउनुभयो ।
हेमन्त के सी ———





error: Content is protected !!