भोट माग्न भ्याइनभ्याइ

जाजरकोट । मतदान मिति नजिकिँदै गर्दा जाजरकोटका उम्मेदवार कार्यकर्तासहित गाउँगाउँ खटिएका छन् ।वाम गठबन्धन, कांग्रेस, नयाँ शक्तिलगायत दलले आमसभा, बैठक, भेटघाट र घरदैलो तीव्र पारेका छन् । उम्मेदवारलाई जिल्लाका सातै स्थानीय तहका ३१ हजार घरधुरी पुगेर भोट माग्न भ्याइनभ्याइ छ । जिल्लामा ८४ हजारजति मतदाता छन् ।
विगतका दुईवटा निर्वाचन क्षेत्र अहिले एउटै बनेपछि खास गरी प्रतिनिधिसभा उम्मेदवारलाई सबैतिर पुग्न सकस छ । पूर्वको भगवतीदेखि पश्चिमको जुनीबस्ती झन्डै ६० कोस टाढा छ । यो दूरी पार गर्न ७ दिन हिँड्नुपर्छ । प्रतिनिधिसभा उम्मेदवारलाई जिल्ला पूरै घुम्न १ महिनाभन्दा बढी समय आवश्यक पर्छ ।

त्यस्तै प्रदेश सभा ‘क’ र ‘ख’ का उम्मेदवारलाई पनि आआफ्नो क्षेत्रका सबै स्थान पुग्न २ साताभन्दा बढी लाग्ने देखिन्छ । उम्मेदवारले सबै बस्ती पुगेर भोट माग्न भ्याउने अवस्था नरहेको टालेगाउँका कलरुप शाही ले बताउनुभयो । मतदाता भने उम्मेदवारको प्रतीक्षामा रहेको उहाँले जानकारी दिनुभयो । वाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार शक्तिबहादुर बस्नेतको टोलीले तीन साताअघि खलंगाबाट घरदैलो, कार्यकर्ता भेटघाट, आमसभालगायत कार्यक्रम सुरु गरेको थियो । वाम गठबन्धनले दल्ली, तल्लुबगर, लिम्सा, घरंगा, सानाखेला, थलह, मनघाट, टापुचौरलगायत मुख्य स्थानमा आमसभा गरिसकेको छ । कांग्रेसबाट प्रतिनिधिसभा उम्मेदवार राजीवविक्रम शाहको टोलीले पनि खलंगाबाट २० दिनअघि सुरु गरेको घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रम पश्चिमको झाप्रामा पुर्याएको छ ।
वाम गठबन्धनका उम्मेदवार आमसभाम र शक्ति प्रर्द
शनमा बढी केन्द्रित छन् । कांग्रेस उम्मेदवारले भने कार्यकर्ता भेटघाट मात्र गरिहेका छन् । निर्वाचन क्षेत्रमा रहेका सबै मतदाताको घरघर पुगेरै भोट माग्ने माग्ने गरेको वताउनुभयो । मतदातालाई वाम गठबन्धन र एकता सन्देश दिन मुख्य स्थानमा आमसभा जनताकै माग अनुसार गर्नुपरेको वाम गठवन्धका तर्फवाट प्रदेश सभा सदस्यका उम्मेदवार गणेशप्रसाद सिंहको भनाइ छ ।

यतिखेर दुर्गम गाउँ पनि दलका नेता कार्यकर्ताले भरिभराउ छन् । झन्डा, ब्यानर, पोस्टर र पम्पलेट छ्याप्छ्याप्ती देखिन्छन् । जिल्ला सदरमुकाम खलंगा बजार भने सुनसान देखिन्छ । यहाँ न नाराजुलुस छ न त माइकिङ । पोस्टर र ब्यानर पनि खासै देखिँदैन । सदरमुकाममा कर्मचारी शिक्षक, म्यादी, प्रहरी र सेनाको मात्र चहलपहल छ । वामगठवन्धका नेतााहरु आफ्नो प्रतिस्पर्दामा कोही नभएको वताउने गरेका छन् । वामगठवन्धका नेताहरु पाटी एकता भईसकेको भन्दै सामुयिक तालि समेत वजाउँदै संगै संगै हिडेका छन् ।










