सुन्दर वन्दै जाजरकोट सदरमुकाम

जाजरकोट (रासस) ः विहानै मिरमिरेमा यहाँको सदरमुकाम सफा गरिएको छ कि छैन भनी यूवा मेयर चन्द्रप्रकास घर्ती वजारमा निस्किनुहुन्छ । कत्तै फोहोर देखेमा आफै उठाएर प्रत्येक चोक ,चोकमा राखिएको वाँल्टीमा राख्नुहुन्छ । 

मेयर घर्तीको यो दैनिक कार्य देखेर यहाँका स्थानीयहरुलाई पनि आफ्नो आँगनमै रहेको फोहोर लिएर नजिकै रहेको रवरको ठुलो वाँल्टीमा फाल्न वाध्यता लाग्ने गरेको छ । जिल्लाको भेरी नगरपालिकाले नगरपालिकाको सवै ठाउँमा प्रत्येक एक १ सय मिटर नजिक फोहोर व्यवस्थापनका लागि रवरका ठुला वाल्टी राखेको छ । पहिले जत्ता जत्तै हुँने फोहोर आज भोली रवरको वाल्टीमा जम्म हुँने गर्दछ । प्रत्येक हप्ता वाल्टीमा जम्म भएको फोहोर लिएर सहि रुपमा व्यवस्थापन गर्न नगरपालिकाले ट्याक्टर लिएर आउँने र सो जम्म भएको फोहोर निश्चित ठाउँमा लिएर व्यवस्थापन गरिदै आएको छ ।

विगतमा वजार , प्रत्यक चोकमा पुकार , चुरोट, र घरवाट निक्लिने फोहोर लगाएतका वस्तुहरु वाटोमै हाल्फा सदरमुकाम असभ्य हुँदै गएको थियो । अहिले एक महिना देखि नगरपालिकाले फोहोर व्यवस्थापनका गर्नका लागि यो कार्य अगाडी वढाएपछि दैनिक स्थानीय वासीहरु सचेत वन्दै फोहोर व्यवस्थापनमा सजक देखिएका छन् । वाटोमा हिड्ने वटुवाहरुले पनि वाटोमै राखिएको वाल्टीमा फोहोर फाल्ने गरेका छन् । जुम्लावाट कपडाका व्यापार गर्न आएका रामवहादुर सिजाली भन्नुभयो “ पहिले फोहोर कहाँ फाल्ने भन्ने चिन्ता थियो अव वाटो ,वाटोमा वाल्टी देख्दा खुसी लग्यो ” ।

वाल्टीको अवस्था वुझन आफै पनि मेयर घर्ती वजारका सवै ठाउँमा पुग्नु हुन्छ । फोहोर व्यवस्थापन गर्ने उचित ठाउँमा नहुँदा जथाभावी हुँने गरेकोले यहाँको सदरमुकाम निकै फोहोर हुँदै आएको थियो । नगरपालिकाको यो फोहोर व्यवस्थापन गर्ने तरिकाले अहिले जाजरकोट सदरमुकामा सुन्दर वन्दै गएको छ ।
हेमन्त के सी ———





error: Content is protected !!