भोट माग्ने शैलि फेरियो , जनताको काम गदैँ भोट माग्दै

हेमन्त के सी
जाजरकोट , वामगठवन्धको तर्फवाट जाजरकोट क्षेत्र नं १ वाट प्रदेश सभा सदस्यका उम्मेदवार गणेसप्रसाद सिंह हजुरको घरकै छोरा जस्तै म पनि हुँ , एक पटक अवसर दिनुभयो भने यहाँहरुकै सल्लाह अनुसार अगाडी वढ्ने छु भन्दै यूवा, वृद्ध र अद्वैशी उमेरका सवै मोट मागिरहनु भएको छ ।
उहाँ जहाँ पुग्नुहुन्छ त्यहाँ स्थानीयहरुले गर्न लागेको काममा सरिक भएर कामलाई छिटो,छरितो वनाईरहनु भएको छ । पैकमा किसानको खेतमै गएर हलो जोत्दै म पनि किसानको छोरा हुँ मलाई भोट दिनुहोला भन्दै सिंहले भोट माग्नुभयो । त्रिवेणी नलगाड ८ मा मलामी वन्दै सवै कार्यक्रतालाई दाउँरा काट्न र घाटमा सहयोग गर्न आग्रह गदै मृतको लास समेत सिंहले वोक्नुभयो । उत्ता कांग्रेसबाट क्षेत्र नं १ का प्रदेश सभा सदस्यका उम्मेदवार वेदराज सिंह त्रिवेणी नलगाड नगरपालिका वडा ८ मा नेपाली कांग्रेस समर्थक तिलक खत्रीको आमा लाई हातमै नमस्कार गनुभयो ।
उहाँको त्यो नमस्कार गरेको देखेपछि अन्य प्रचारमा गएका यूवाहरु केही नाता पर्छकी भनेर काँनाखुसी गर्न थाले । तर सिंहको समर्थक कार्यक्रताकी आमा भएको तर सन्तान नभएपनि उहाँले हातमै ढोक गरिरहनुभएको थियो । सिंहले वृद्ध देख्न साथ हातमै ढोक मागेर आर्शिवाद दिनुहोला भन्दै हातमै ढोक मागेपछि सवै अचम्म मान्दै हिडेको वताउँछन् ।
विगतमा भएका निर्वाचनको तुलनामा नेताले यसपाला अलि बढी नै शैली अपनाएका छन् । शिस्टता पनि त्यतिकै भएको छ । वामगठवन्धको चुनावी कार्यक्रममा मधिरा खाने जो सुकैलाई निस्काशन गर्ने भनेपछि अहिले प्रचारमा मधिरा विहिन भएको छ । गाउँ गाउँमा गएर भाषण नगरि स्थानीय संग भएका पिर मर्का र समस्य वटुल्ने काममा वामगठवनधका तर्फवाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार शक्तिवहादुर वस्नेत लाग्नुभएको छ । स्थानीयले पनि आफुलाई परेको समस्य हरु निवेदन हातमै थमाएर पुरा गर्न सुझाव दिईरहेका छन् । बाम गठबन्धनका उम्मेदवार वस्नेत ले आफ्नो प्रचार शैली फेरिएको बताउनुभयो । ‘पहिलेजस्तो भाषण भिषणका कार्यक्रममा समय खर्चने आफ्नो योजना नभएको वताउनुभयो । उहाँले भन्नुभयो ‘हामी बढी अन्तरक्रिया र छलफलमार्फत जनतामा पुगिरहेका छौं ।
उत्ता नेपाली कांग्रेस वाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार राजिवविक्रम शाह आफुलाई दल भन्दा पनि जाजरकोटवासी संग सुख दुख वाँड्न आएको वताउनुहुन्छ । मलाई त्यो अवसर जनताले दिनुहुने छ उहाँले भन्नुभयो । नेपाली भाषामा त्यति राम्रो ज्ञान नभएका शाह अहिले जिल्लाका दुर दराजमा गएर भोट मागिरहनु भएको छ ।
उहाँहरु मात्र होईन जिल्लावाट चुनावी मैदानमा होमिएका सवै उम्मेदवारले भोट माग्ने गरिका फरक अपनाएका छन् मतदानको दिन नजिकिँदै गर्दा उम्मेदवारले विभिन्न कला सहित भोट मागिरहेका छन् । कुशेगाउँपालिका वडा ५ का जनक थापाले उम्मेदवार विगतका चुनावभन्दा फरक शैलीमा हिडेको बताउनुभयो ।










