नयाँ शैलीमा भोट माग्दै

रुकुम पश्चिम , कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोपालजीजंग शाह सानीभेरी गाउँपालिका अर्मामा मयुरको प्वाँख लायर नाचे । चुनावी सभालाई सम्बोधन गर्न त्यहाँ पुगेका शाहले कांग्रेसबाट ख निर्वाचन क्षेत्रका प्रत्यक्ष उम्मेदवार खडगबहादुर डाँगी, समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार मानबहादुर नेपाली, प्रदेशसभा सदस्य प्रेमप्रकाश ओलीसँग मयुर नाचे । बाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका जनार्दन शर्मा र एमाले वैकल्पिक केन्द्रीय सदस्य शेरबहादुर केसीले आपसमा चौरजहारी नगरपालिकाको चौफाको कार्यक्रममा मयुरको प्वाँख लाएर आपसमा खेले । शर्मा सहभागी सबै चुनावी कार्यक्रममा नाच्ने गर्छन् । मयुर र पैसेरु शर्माका विशेष रुचिका नाच हुन् । शाह पनि पछिल्लो समय चुनावी कार्यक्रममा सहभागी र्‍यालीलाई साथ दिँदै आएका छन् । विगतमा भएका निर्वाचनको तुलनामा नेताले यसपाला अलि बढी नै शैली अपनाएका छन् ।

 

कांग्रेसबाट प्रदेश कमा सदस्यका उम्मेदवार कृष्णबहादुर रोकायले मुसीकोटको माछिमी ज्युलामा खेत जोते । चुनाव प्रचारप्रसारका क्रममा त्यहाँ पुगेका रोकायले केही समय खेत जोते र भोट दिन अनुरोध गरे । ०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि उम्मेदवार थिए । उनले यसपटक भने हलो जोत्नेदेखि मतदातासँग नाच्नेसम्मका नयाँ शैली अपनाएका छन् । वाम गठबन्धनबाट प्रदेश क मा उम्मेदवारी दिएका रातो कामी पनि जनताको बारीबाटै प्रचारप्रसार थालेका थिए । मुसीकोट नगरपालिका २, रातामाटाका किसानको बारीमै पुगेर उनले केही समय काम गरेर भोट माग्न सुरु गरेका थिए ।
यी ४ जनामात्रै होइन, मंसिर १० को प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका अन्य ९ उम्मेदवारले पनि नयाँनयाँ शैलीमार्फत भोट मागिरहेका छन् । जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा ६, प्रदेश सभा सदस्यतर्फ क क्षेत्रमा ४ र ख मा ३ जनाको उम्मेदवारी परेको छ । मतदानको दिन नजिकिँदै गर्दा उम्मेदवारले विभिन्न चटकसहित भोट मागिरहेका छन् । मुसीकोट नगरपालिकाका ईश्वर दाहालले उम्मेदवार विगतका चुनावभन्दा फरक शैलीमा हिडेको बताए । ‘फरक शैलीमा भोट माग्दै हिडेका छन्, नाच्ने ठाउँमा नाच्छन्, काम भइरहेको ठाउमा सँगै काम गर्छन्,’ उनले भने, ‘अहिले बाली भित्र्याउन तथा लगाउने समय भइरहेकाले अधिकांश उम्मेदवार खेतबारीमा देखिन्छन् ।’

कांग्रेसका उम्मेदवार शाहले चुनावी चटक नभई मतदातामा उत्साह थपेको मात्रै बताए । ‘हामी चुनाव प्रचारको क्रममा मतदाता नाचगानमा आउनुहुन्छ, त्यसलाई थप हौसला दिएको हो, यसमा अन्यथा केही होइन,’ शाहले भने । बाम गठबन्धनका उम्मेदवार शर्माले आफ्नो प्रचार शैली फेरिएको बताए । ‘पहिलेजस्तो भाषण भिषणका कार्यक्रम कम छन्,’ उनले भने, ‘हामी बढी अन्तरक्रिया र छलफलमार्फत जनतामा पुगिरहेका छौं ।

कान्तिपुरवाट ।

 





error: Content is protected !!