आचारसंहिता विपरित भएको भन्दै भेष्ट र प्रचार सामग्री हटाईए

जाजरकोट , १ मंसिर (रासस) ः यहाँको सदरमुकाममा निर्वाचन आचारसंहिता विपरित विभिन्न पोस्टर , व्यानर टाँसेको , भेष्ट लगाएको भन्दै सुक्रवार जफत गरेको छ ।
जिल्ला प्रशासन कार्यालय , आचासंहिता अनुगमण अधिकृत छपेन्द्र पराजुली र प्रहरीले संयूक्त अनुगमण गर्दा निर्वाचन आचार संहिता विपरित भएका सवै सामग्रीहरु हटाएको हो । सदरमुकाको गैरीखाली ,वाहुँनवाडा , ठाँटी लगाएतका ठाउँमा रहेका स्थानीयले लगाएका भेष्ट समेत खोलेर नियन्त्रणमा लिईएको थियो । सदरमुकाका सवै ठाउँमा टाँसीएका पोस्टर, व्यानर , झण्डा नियन्त्रणमा लिईएर हटाउने काम भएको प्रमूख जिल्ला अधिकारी पुष्पराज शाहीले जानकारी दिनुभयो ।
आज नै निर्वाचन आयूक्त सुधिरकुमार शाह ले निर्वाचन मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई उच्च मनोवलका साथ काम गरि तोकिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो ।










