समृद्धिका लागि तपाईंको भाेट बामपंथी गठबन्धनलाई भोट-प्रकाश कुमार सिंह ।

प्रकाश कुमार सिंह ,मलेसिया।
नेपालकाे इतिहासमा स्थाइ सरकार अाम जनताको माग हो ।नेपाली राजनीतिले बर्षौ देखि यसको जवाफ दिन सकेको छैन । राजनीतिक दल सरकार निर्माण गर्ने र बिगठन गर्ने बाहेक अरु नयाँ गर्न नसक्ने अवस्थामा छन ।
जनताको चाहाना र इच्छा अनुसार देशमा बिकाश निर्माणकाहरु हुन सकिरहेको छैनन ।
राजनीतिक कर्मिहरु जनताबाट दिनानु दिन घृणित हुदै जान थालेका छन । राजनीतिले जनतामा उत्साह र खुसि दिनुपर्ने ठाउँमा निराशा कुण्ठा मात्र दिन खाेजि रहेको छ ।
हिजो हामी राजालाई देखाउने गर्थ्यौ भने अहिले राजा छैन । जनताको छाेरा छाेरि नै देशको प्रमुख ठाउँमा छन । तर पनि हामी जनतालाई खुसि दिन सकिरहेका छैनौं ।
हामी कहाँ नेर छौ ?
अाखिर कारण के हो ? र यसको समाधान के हो ?
भन्ने कुरामा हामीले अाफुलाइ केन्द्रीकृत गर्न सकेका छैनौं जनता निराश मात्र छैनन ।दिगदार पनि छन । बिकाश र समृद्धि हामीलाई एकादेशकाे कथा भएको छ । यस्तो अवस्थामा हामीले अाफुलाइ थप परिमार्जन र जनताप्रति उत्तरदायी बनाउनुपर्ने बाध्यता पनि छ। राजनीति भनेको देशको बिकाशका लागि हो भन्ने तर बिकाश कहिलै गर्ने तरिकाबाट हामी अाफु प्रति पनि इमानदार छैनौं । देश प्रति इमानदार छैनौं प्रश्न हजार छन । यी सबैको उत्तर दिन राजनीति दलहरूले दिन सकेका छैनन ।
यस्तो अवस्थामा नेपालमा बामपंथी दलहरूको गठबन्धनले नेपाली राजनीतिमा एउटा छुट्टै तरङ्ग मात्र ल्याएको छैन । देश र जनताप्रति उत्तरदायी हुने जनता र देशको हित चाहाने तमाम देशभक्त र राष्ट्रिय स्वाधीनता र अात्म स्वाभिमान चाहाने नेपालीका लागि हर्षकाे कुरा भएकाे छ ।
जसले अाफ्ना अागामि कार्यक्रम हरु समृद्धि र बिकाश राष्ट्रिय हितको रक्षा र देशलाई स्थाइ सरकार दिने घाेषना गरेकाे छ जुन नेपालकाे इतिहासमा बर्षौ देखि राजनीतिक दल र पाटिहरुले दिन नसकेको उत्तर हो । जसले राष्ट्रलाई स्थाइत्व दिने कुरा निश्चित छ । किनकि यसको पुष्टि दुई ठुला दलको तालमेलले गरिसकेकाे छ । जुन कुरा बहुसङख्यक कम्युनिस्ट समर्थक जनता सुचिन्तकहरुका खुसीको कुरा हो ।
अब हामि साँच्चिकै इमानदार भएर लाग्ने हो भने देशकाे बिकाश र समृद्धि अब धेरै टाढाको बिषय नहुने भएको छ ।
किनकि देशमा बिकाश हुन सबैभन्दा पहिले बलियाे सरकार चाहिन्छ ।
त्यसपछि मात्र हामीले हाम्रा बिकाश र समृद्धिका लक्षहरु हाँसिल गर्न सक्छौ । भ्रष्टाचार काे अन्त्य गर्न सक्छौं । राजनीतिक स्थायित्व कायम गर्न सक्छौ । सान्ति स्थापना गर्न राष्ट्रिय स्वाधीनताकाे रक्षा गर्न राष्ट्रकाे एकता कायम राख्न । हिमाल पहाड र तराईलाई एकताबद्द गर्न ।
हामीलाई चाहिने सबैभन्दा पहिलो राजनीतिक अस्थिरताकाे अन्त्य प्रमुख कुरा हो । जुन नेपालका कम्युनिस्टहरूले यतिबेला दिन खाेजि रहेका छन जुन नेपाल राष्ट्रका लागि र जनताको लागि खुसिकाे कुरा हो ।
यसले राष्ट्रलाई बिकाश समृद्धि तर्फ लिने कुरा निश्चित छ किनकि बामपंथी गठबन्धनको घाेषना पत्रले पनि एउटा प्रष्ट भिजन सहितको मार्ग निर्देशन गरेको छ ।
जसलाई कार्यनयन गर्न बामपंथी पाटिहरुले कम्तिमा पनि अबको पाँच बर्ष सम्मा ढुक्कसँग अाफ्ना नीति र कार्यक्रम लागू गर्न सक्ने सरकार चाहिन्छ । जुन बामपंथी दलहरू भन्दा पनि नेपाली जनताको हातमा छ । साँच्चिकै देश निमार्ण गर्न अाफ्ना बर्षौ देखिका दुई छुट्टाछुट्टै पाटिहरु एक गरेर देश निमार्ण बाहेक अरु स्वार्थ छैन भनेर सम्पूर्ण कम्युनिस्ट समर्थक नेता र कार्यकर्ता तपाईंको माझमा अाउदै छन ।
बषौ देखि हुन नसके बिकाश र समृद्धि दिन्छौ हामीलाई तपाईंले भाेट दिनुहाेस भनेर अावान गर्दै छन । हुनत तपाई हामीलाई लाग्नसक्छ हिजो पनि मागेका त हुन भनेर ।
तर परिस्थिति फेरिएको छ दलहरू मिलेर अाएका राष्ट्रकाे समृद्धि गर्ने लक्ष्य राखेका छन । तपाईं हामीले बषौदेखि भाेट त दिदै अाएका छौ तर यश पटककाे भाेट बामपंथी लाई दिनुहोस् ।
किनकि परिवर्तनका एजेन्डा हरु जनताका मुद्दाहरु नेपाली राजनीतिमा नेपालका कम्युनिस्टहरुले मात्र बाेकेका छन जुन कुरा अाफ्नाे थाेरै समय सरकारकाे नेतृत्व गर्ने समयमा पनि पुष्टि गरेका छन ।
थाेरै किन नहाेस जनतालाई राहत दिने काम गरेका छन । तर बिडम्बना नै भन्नुपर्छ बहुसंख्यक जनता कम्युनिस्ट समर्थक भएर पनि नेपालका कम्युनिस्ट हरुले कहिलै पनि बहुमत काे सरकारकाे नेतृत्व गर्न पाएका छैन ।
जुन नेपालका बहुसंख्यक जनता र समर्थका लागि दुखकाे कुरा हो । के अब पनि यहि अवस्था रहन दिने या राष्ट्रिलाई समृद्धिकाे बाटाेमा लैजाने निर्णय तपाईंहरु हातमा छ अानुहाेस राष्ट्रकाे बिकास गर्न । तपाईंको अमूल्य भाेटलाइ राष्ट्रकाे एकता कायम राख्न र बिकाशकाे गतिमा लैजान सदुपयोग गरौ यश पटककाे बामपन्थी सरकार निमार्णका लागि । राष्ट्रकाे समृद्धि परिवर्तन बिकाश नेतृत्व गर्ने कम्युनिस्ट हरुकाे सरकारबाट मात्र सम्भब छ सहि निर्णय गरौं ।









