अर्थमन्त्री हुँदा दाङको सडकमा कति बजेट दिए महराले ? (बजेट विवरणसहित)

सरकार गठन हुँदा प्रायः अर्थमन्त्रालयमा धेरैको आँखा हुन्छ ।

राजनीतिक दलभन्दा पनि आफ्नो क्षेत्रको नेता अर्थमन्त्री भएपछि आफ्नो ठाउँमा बजेट आउँछ भन्ने धेरैमा आशा हुन्छ । कतिपय मन्त्रीले त्यो पूरा गर्छन् र कतिपयले गर्दैनन् । तर, अघिल्लो सरकारबाट दाङले भने मनग्गे फाइदा लिएको पाइएको छ ।

यस क्षेत्रका कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा दाङले झण्डै ३ अर्ब बढी बजेट पायो । त्यसमध्ये झण्डै पौने दुई अर्ब सडक निर्माणमा आएको भेटिएको छ ।

डिभिजन सडक कार्यालय दाङले दिएको जानकारीअनुसार महरा अर्थमन्त्री भएको वेला आर्थिक वर्ष २०७३/७४ मा रकम स्थानान्तरणमार्फत यो बजेट आएको हो । आर्थिक वर्ष २०७२÷७३ विनियोजन गरेको ७७ करोड ७७ लाख ९७ हजार बजेटबाट बृद्धि गरेर महराले एकैपटक १ अर्ब ८९ करोड ९४ हजार पु¥याएको पाइएको छ ।

 

 

-इन्द्रेणी अन्लाईन





error: Content is protected !!