कतारका कामदारलाई खुसीको खबरः न्यूनतम तलबको बाचा

कतार सरकारले अन्तर्राष्ट्रिय श्रम संगठनको बैठकको ठिक एक दिन अघि श्रम कानूनमा सुधारको निर्णय गरेको छ ।

जसअनुसार कतारमा काम गर्ने मजदुरको न्यूनतम तलक तोकिने भएको छ ।
अन्तर्राष्ट्रिय समुदायमा कतारमा काम गरिरहेका आप्रवासी मजदुरको स्थितीबारे कतार सरकारको निन्दा भइसकेको छ ।

अन्तर्राष्ट्रिय मजदुर संगठनले पनि कतारलाई आप्रवासी मजदुरको शोषण गर्न बन्द गर्ने चेतावनी दिइसकेको छ ।
इन्टरनेशनल ट्रेड यूनियन कन्फेडरेशनका अनुसार कतार सरकारले आफ्नो श्रम कानूनमा यस्तो परिवर्तन गरेका छन् ।

– जुनसुकै देशका सबै कामदारका लागि न्यूनतम तलब दिइनेछ
– कामदारको परिचयपत्र कम्पनीको साटो सरकारले जारी गर्नेछ

– कामदारको परिचयपत्र कम्पनीको साटो सरकारले जारी गर्नेछ
– एक केन्द्रीय संस्थाले सबै कामदारलाई सम्झौता अनुरुप पाउने सुविधामाथि निगरानी राख्नेछ ।
कतार र अरब देशबिच कूटनीतिक संकटका बेला कतारमा काम गरिरहेका मजदुरले आफ्नो चिन्ता व्यक्त गरेका थिए ।
यसका साथै मानवअधिकार संगठन एम्नेस्टी इन्टरनेशनले सन् २०१६ मा कतारमा सन् २०२२ को फिफा विश्वकपका लागि बनाइन लागेको स्टेडियममा मजदुरको शोषण भइरहेको आरोप लगाएको थियो ।

एम्नेष्टीका अनुसार मजदुरलाई फाहोर स्थानमा बस्न बाध्य बनाइनुका साथै भर्ती गर्नका लागि उनीहरुसँग भारी पैसा पनि असुल गरेको र उनीहरुको तलब र पासपोर्ट जफत गरेको थियो ।





error: Content is protected !!