ओली र प्रचण्डको एउटै बोलीः कुनै पनि निहुँमा चुनाव सार्न मिल्दैन

काठमाडौं । एमाले र माओवादी केन्द्रले कुनै पनि बाहानामा प्रदेश र प्रतिनिधिसभाको चुनाव नसार्न खबरदारी गरेका छन् । वाम गठबन्धन बनाएका दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी सर्वोच्चको पछिल्लो आदेशले चिसो परेको बताएका छन् ।


एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले मनोनयनको प्रक्रिया सुरु भइसकेको भन्दै चुनाव सार्न नहुने बताए । नेताद्वयले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम-कुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुनजान्छ ।’

एमाले अध्यक्ष ओलीले चुनाव नसर्ने र सार्न नमिल्ने बताए । राजनीतिक दल र निर्वाचन आयोगले संयुक्त रुपमा मतपत्र तय गरेको भन्दै उनले भने, ‘अब ससाना कुरामा अल्भिmने समय छैन ।’

मतपत्रबारे एउटा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अन्यौलग्रस्त कुरा गरेको तर, पछि बुझेँ भनेको सुनाउँदै उनले भने, ‘निवेदक सत्तारुढ पार्टीकै सहमहामन्त्री नै हुनु र अदालतको मानहानी भएको निवेदनमा मानहानी भयो भएन नसोधेर मागेको भन्दा बढ्दा कुराले अलिकति झस्कएको छ ।’

ओलीले लोकतान्त्रिक प्रणाली चुनाव भएको भन्दै उनले यसलाई विथाल्न खोजे स्वीकार्य नहुने बताए । ‘यो लोकतन्त्र कसैले हामीलाई किस्तामा राखेर दिएको उपहार होइन’ उनले भने ।

पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले माघ ७ सम्म संसद छ भन्ने हक्का राख्न आग्रह गरे ।





error: Content is protected !!