आचार्यले उम्मेदारी फिर्ता लिने घोषण

जाजरकोट । नेकपा एमालेका तर्फवाट प्रदेश सभा सदस्याका लागि उम्मेदवार वनेका निरज आचार्यले आफ्नो उम्मेदवारी फिर्ता लिने घोषण गरेका छन् । वुधवार विहान पत्रकार सम्मेलन गरेर आचार्यले आफ्नो उम्मेदारी फिर्ता लिने र वाम तालमेललाई सघाउने वताउनुभएको छ ।

आचार्यले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको तर्फवाट सुरुमा साझा उम्मेदवार वनेपछि उम्मेदवारी दिएका थिए तर पछि पुर्ण वाँडफाँड गरि आचार्यको ठाउँमा माओवादी केन्द्रका गणेसप्रसाद सिंहलाई जाजरकोट क्षे नंम्वर १ वाट आधिकारिक उम्मेदवार वनाएपछि उहाँ गठवन्धनको उम्मेदवार वन्न सक्नुभएको थिएन् । सुरुमा उम्मेदवार वनाईएका आचार्यले आज पत्रकार सम्मेलन गरि आफ्नो उम्मेदारी फिर्ता लिने घोषणा गर्नुभएको छ । त्यस्तै प्रतिनिधी सभाका लागि वाम गठवन्धनको आधिकारिक उम्मेदवार पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतको विरुद्धमा एमालेका गोविन्दविक्रम शाहले वागी उम्मेदवार दिनुभएको थियो ।

उहाँले पनि आजै आफ्नो उम्मेदारी फिर्ता लिने नेकपा एमालेले वताएको छ ।





error: Content is protected !!