आईजीपी अर्यालविरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं अदालतको अवहेलना गरेको आोपमा प्रहरी महानिरीक्षक ९आईजीपी० प्रकाश अर्यालविरुद्ध मंगलबार सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ। सर्वोच्चले आदेश दिएको ६ महिना वितिसक्दा समेत आदेश अनुरुप पूर्वसभासद् बालकृष्ण ढुंगेलाई पक्राउ नगरिएको आरोपसहित वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पुरक मुद्दा दायर गरेका हुन्।
ढुंगेललाई कारबाहीका लागि त्रिपाठीले यसअघि दायर गरेको अर्को मुद्दामा एक साताभित्र पक्राउ गर्न गत चैतमा ‘वारेण्ट’ जारी भएको थियो। कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्चबाट दोषी ठहर भएपछि फैसला कार्यान्वयन गर्नुको सट्टा अदालत र न्यायाधीशविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको बिषयमा पक्राउका लागि सर्वोच्चबाट वारेन्ट जारी भए खुलेआम हिंडडुल गरेको दाबी त्रिपाठीको छ।
तिहारअघि ढुंगेलले चुनावी रणनीतिका बिषयमा राजधानीको बानेश्वरस्थित एक घरमा सभासद एवम् माओवादी केन्द्रका नेतासँग छलफल गरेको समाचार अन्नपूर्णमा प्रकाशित भएको थियो।
‘नेपाल प्रहरीका महानिरीक्षकलाई अदालतमा तत्काल सशरीर उपस्थित हुने आदेश गरी न्याय प्रशासन ऐन २०७३ दफा १७ ९१० बमोजिम हदैसम्मको ९एक बर्ष कैद र दश हजार जरिवाना० सजाय गरी पाऊँ,’ त्रिपाठीको माग छ। त्रिपाठीले ढुंगेलको पक्राउलाई सुनिश्चित गर्न अन्य सुरक्षा निकायको समेत समन्वयमा नेपाल प्रहरीभित्र ‘उच्च स्तरीय टास्कफोर्स’ को गठनका लागि आदेशकोसमेत माग गरेका छन्।





error: Content is protected !!