फेरी देखियो राष्ट्रपति र प्रधानमन्त्रीबीच टकरावको संकेत

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा राष्ट्रपति र प्रधानमन्त्रीबीच दूरी बढ्ने संकेत देखिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरित शुक्रबार मन्त्रिपरिषदको विस्तार गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई चित्त बुझेको छैन् ।
उनले यसबारे शनिबार निर्वाचन आयोग र कानुनविद्हरुसंग परामर्श गर्ने तयारी गरेकी छन् ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि मन्त्रिपरिषद विस्तारप्रति आपत्ति जनाएका छन्। ‘निर्वाचन आचारसंहिता विपरित मन्त्रिपरिषद विस्तार गर्नु आपत्तिजनक छ,’ उनले भने, ‘बैठक बसेर आयोगले त्यसबारे धारणा सार्वजनिक गर्छ।’
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेको पत्र शुक्रबार नै राष्ट्रपति कार्यालयमा पठाएका थिए । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता गरेको छैन्। राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरुको शपथग्रहणको समय पनि दिएकी छैनन् । आजको नयां पत्रिकामा समाचार छ ।



