हेनुहोस मतपत्र चपाउने कांग्रेस उम्मेदवारलाई यसरी ओकल्न लगायो प्रहरीले

जनकपुर– धनुषाको नगराईन नगरपालिकाको कार्यपालिका चुनावको मतगणना क्रममा कांग्रेसका उम्मेदवारले मतपत्र चपाएपछि प्रहरीले ओकल्न लगाएको छ।
आइतबार नगराईन नगरपालिकाको तीन वटा दलित तथा अल्पसंख्यक सदस्यको छनौटका लागि मतगणना भइरहेका बेला कांग्रेसका उम्मेदवार सूर्यनारायण साहले मतपत्र चपाएका हुन्।
कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा एमाले उम्मेदवार अरुणलाल कर्ण र कांग्रेस उम्मेदवार सूर्यनारायण साहले २४–२४ मत पाएका थिए। त्यसपछि कांग्रेस उम्मेदवार साहले एउटा मतपत्र च्याती मुखमा हालेका थिए। साहले मतपत्र चपाएर निलेपछि निर्वाचन समितिले साहलाई विजेता घोषणा गरिदिएको थियो।
धनुषा प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले साहलाई प्रहरी कार्यालयमा राखिएको बताए। ‘जीत घोषणा भइसकेपछि साहले एउटा मत मुखमा हालेको देखियो। विवाद बढ्ने देखिएपछि हामीले साहलाई नियन्त्रणमा लिएका हौं।’
उनका अनुसार टेवुलमा राखेको ४ वटा बदर मत मध्ये एउटा मत साहले खाएकाले उनलाई पक्राउ गरिएको हो। उनको मुखबाट आधा चापाइएको मतपत्र निकालिएको थियो।
कांग्रेसको बहुमत रहेको नगराइन नगरपालिकामा महिला, दलित र अल्पसंख्यकतर्फ कांग्रेसकै उम्मेदवार विजयी भएका छन्। खुल्लातर्फको बाँकी सदस्यको निर्वाचनमा यो घटना भएको हो।



