रसाइली बन्धु एकता समाज नेपालको शुभकामना आदान प्रदान तथा अग्रजको हातबाट टीका ग्रहण कार्यक्रम सम्पन्न ।

लक्ष्मण रसाइली काठमाडौ ।
रसाइली बन्धु एकता समाज नेपालको बिहिवार अर्थात् कोजाग्रत पुर्णिमाका दिन शुभकामना आदान प्रदान तथा अग्रजको हातबाट टीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ।
पुर्ब मेची देखि पश्चिम् महाकाली सम्मका रसाइलीहरु को एकताको निर्माण गरिएको रसाइली बन्धु एकता समाज नेपालले बिजया दशमीको अबशर तथा आज पुर्णिमाको दिन टीका ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम गोकर्नेश्वर नगरपालिकामामा सम्पन्न गरेको छ।
रसाइली बन्धु एकता समाज नेपालका अध्यक्ष मणिराम रसाइली सह अध्यक्ष चित्र बहादुर रसाइली ,उपाध्यक्ष मनिशा रसाइली ,महासचिव मेघ बहादुर रसाइली सचिब भिम बहादुर रसाइली कोशाध्यक्ष शेर बहादुर रसाइली तथा रसाइली बन्धु समाजका अग्रज कृष्ण बहादुर रसाइलीबाट सामुहिक टीका ग्रहण तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ।



