काँग्रेस नेता शाहको नाममा पत्रकारीता पुरस्कार

जाजरकोट ः गत वर्षको चैत्र १५ गते सदरमुकाम खलंगाको थाप्लेचौरमा निर्ममतापुर्वक हत्या गरिएका नेपाली काँग्रेसका नेता रविन्द्र सम्सेर शाहको नाममा पत्रकारीता पुरस्कार स्थापना गरिएको छ ।
नेपाल प्रेस युनियन जाजरकोटले शनिवार खलंगामा एक कार्यक्रमको आयोजना गरि ५ हजार रासीको रविन्द्र शाह स्मृति विकास पत्रकारीता पुरस्कार स्थापनाको घोषणा गरेको हो । नेपाल प्रेस युनियन जाजरकोट शाखाका सँस्थापक सदस्य समेत रहेका शाहको स्मृतिमा स्थापना गरिएको पुरस्कार प्रत्यक वर्ष चैत्र १५ गते जिल्लाको विकास र परिवर्तनका लागि कलम चलाउने एक जना क्रियाशील पत्रकारलाइ प्रदान गरिने प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक केसीले वताउनुभयो ।
उहाँले सुरुमा पुरस्कारको रासी ५ हजार भएपनि अक्षयकोषको रकम वढाएर पुरस्कारको रकम समेत वढाइने वताउनुभयो । पुरस्कारका लागि स्वर्गीय रविन्द्र सम्सेर शाहका वुवा योग सम्सेर शाहले प्रेस युनयन जाजरकोटलाइ एक लाख नगद सहयोग गनुभयो भने प्रेस युनियनका अध्यक्ष जनक केसीले ५ हजार रुपैया सहयोग गरेका छन् । एक लाख ५ हजारको अक्षय कोष स्थापना गरेर सो वापतको व्याज नै पुरस्कार रासीका लागि खर्च गरिने युनियनले जनाएको छ ।
युनियन र शाहका परिवारका प्रतिनिधिले वनाएको कार्यविधिका आधारमा पुरस्कार वितरणको मापदण्ड तयार हुने युनियनले जनाएको छ । सदरमुकाम खलंगाको ठाँटीवजारमा आयोजित पुरस्कार घोषणा कार्यक्रममा प्रेस युनियनका केन्द्रिय सदस्य राजेन्द्र कार्कीले स्वर्गीय शाहको हत्यामा संलग्नहरुलाइ कारवाहि भए मात्र पिडित परिवारले न्याय पाउने वताउनुभयो । स्वर्गीय शाहको स्मृतिमा प्रेस युनियन जाजरकोट शाखाले पुरस्कार स्थापना गरेर उनले सामाजिक विकास अभियानमा पुरयाएको योगदानको सहि मुल्यांकण गरेको वताउनुभयो ।
प्रेस युनियन जाजरकोटका अध्यक्ष जनक केसीले जिल्लामा क्रियाशील पत्रकारलाइ सामाजिक विकास र परिवर्तनका लागि प्रेरणा दिदै स्वर्गीय शाह प्रति पुरस्कारले सच्चा श्रद्धान्जली दिने वताउनुभयो । व्यक्ति हत्या जो सुकैले गरेको भएपनि कानुनको दायरामा आउनुपर्ने भन्दै अध्यक्ष केसीले स्वर्गीय शाहका पिडित परिवारले न्याय पाउनुपर्ने वताउनुभयो । कार्यक्रममा स्वर्गीय रविन्द्रका दाइ रामजंग शाहले आफुहरुका लागि पत्रकार वाहेक अन्य निकायले केहि नवोलेको वताउनुभयो । सरकार र नेपाली काँग्रेस पार्टीले सहयोग नगरेका कारण हत्यारालाइ कारवाहि नभएको उहाँले वताउनुभयो । प्रेस युनियनले रविन्द्र शाहको नाममा पुरस्कार स्थापना गरेर आफुहरु माथि एक प्रकारको न्याय गरेको शाहले वताउनुभयो ।



