डोल्पामा मोवाईल सेवाको दुर्दशाःराती १२ बजे पछि नमस्तेको टावर,दिउसो नो सर्भिस !

दुनै(डोल्पा) २० असोज
दुर्गम डोल्पा जिल्ला दुई साता देखि संञ्चारविहिन भएको छ ।यहाँको विभिन्न स्थानमा राखिएको नमस्ते र स्काईको मोवाईल सेवामा समस्या उत्पन्न भएपछि डोल्पा संञ्चारविहिन भएको हो ।
यहाँको त्रिपुरा सुन्दरी नगरपालीका स्थित रसी लेकमा रहेको फोन सेवा सहितको रेडीयो लिंक टावरमा आवाश्यक उपकरण थप्न बाँकी रहेकाले पटक–पटक मोवाईल सेवामा समस्या आईरहेको दुर संञ्चार क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ ।
जुम्लाको मौरै लेक,कालीकोटमा रहेको मोवाईल टावरमा समस्या आएको कारणले डोल्पाको नेटवर्कमा पनि समस्या आएको बताईएको छ ।
झन्डै दुई साता देखि नमस्ते र स्काईको टावरमा समस्या देखिएकाले डोल्पाबासी संञ्चार विहिन भएको त्रिपुरा सुन्दरी नगरपालीका १ का स्थानीय प्रकाश पन्थीले बताए ।
“नमस्तेको मोवाईल सेवा त दुईसाता देखि नै ठप्प छ,स्काईको मोवाईल सेवा दुई चार दिनमा एक दिन मात्र आउने गर्दछ”पन्थीले भने ।
भौगोलिक रुपमा विकट डोल्पामा फोन सुविधा विना डोल्पालीको दैनिकी एकदमै कष्टकर बनिरहेकाले यथाशिघ्र मर्मतको लागि डोल्पालीले माग गरेकाछन् ।
प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यका अनुसार “यहाँका विभिन्न ठाँउमा राखिएका रिपिटर टावरहरुमा समस्या उत्पन्न भएको जानकारी पाएको छु,डोल्पामा भईरहेको संञ्चार असुविधालाई हटाउन यथाशिघ्र काम अगाडी बडाउन निर्देशन समेत दिएको छु उनले भने ।
प्रजिअ आचार्यका अनुसार अवरुद्ध टावर मर्मतका लागि काम भईरहेकाले नमस्ेत र स्काई मोवाईल सेवामा समस्या आएको दुर संञ्चार कार्यालय डोल्पा शाखाले जानकारी दिएको छ ,मैले पनि ताकेता गरिरहेको छु,सम्भवत अव केही दिन भित्रै टावरमा सुधार होला”उनले थपे ।
बिशेष गरेर नमस्ते र स्काईको मोवाई सेवा अवरुद्ध भएपछि त्रिपुरा सुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका सम्पर्क विहिन भएका छन् ।
विभिन्न ठाँउमा राखिएका टावरमा समस्या उत्पन्न भएपछि नमस्ते र स्काई मोवाल सिमकार्ड लिएका हजारौँ सेवाग्राहीहरु समेत मर्कामा परेकाछन् ।
बाहिरी हल्ला अनुसार विभिन्न ठाँउमा राखिएको टावरमा समस्या आएकाले डोल्पामा पनि समस्या आएको बताईएता पनि कुन ठाँउमा के बिग्रेको छ भन्ने आधिकारीक जानकारी डोल्पाली लाई छैन् ।
राती १२ बजे आँउछ नमस्तेको टावर
दुईसाता देखि डोल्पामा देखिएको संञ्चार असुविधा दिन प्रतिदिन बड्दै गईरहेको छ । आजभोली नमस्तेको टावर राती १२ बजे पछि आउने गरेको सर्वसाधारणले बताएका छन् ।
आजभोली नमस्तेको टावर दिउसो आउँदैन राती १२ बजे देखि विहान पाँच बजे सम्म आउँछ र त्यस पछि हराउने गर्दछ स्थानीय पुर्ण बिष्टले बताए ।
राती मात्र टावर आउने दिउसो टावर नआउने विषयमा डोल्पाली अन्योलमा रहेको समेत स्थानीय बिष्टको भनाई छ ।
नमस्ते र स्काईका दुईवटै मोवाई सेवामा समस्या उत्पन्न भएपछि विभिन्न स्थानीय तहका कार्यालका कामकाजहरु सम्पादनमा पनि समस्या उत्पन्न भएको बताईएको छ ।
मेवाईल टावरमा समस्या उत्पन्न भएपछि डोल्पा सँग अन्य जिल्लाको सम्पर्क बिच्छेद भएको समेत ठुलीभेरी नगरपालिकाका स्थानीय अमर सिंह कठायतले जानकारी दिए ।
जनप्रतिनिधिको पहल शुन्य
लामो समय देखि डोल्पा जिल्ला सम्पर्क विहिन हुँदा समेत डोल्पाका जनप्रतिनिधिहरुले चासो नदिएको सर्वसाधारणहरुले गुनासो गरेका छन् ।
चुनावी नारामा बिकासका मुल फुटाउने डोल्पाका जनप्रतिनिधहरुले डोल्पाका साना तिना समस्याहरु समेत समाधान गर्न नसकेको अवस्थामा उनीहरुबाट अन्य समृद्धीको आस गर्न बेकार रहेको नागरिक अगुवाहरुले बताए। रामचन्द्र न्यौपाने



