झण्डाविहीन गाडीमा महरा बालुवाटारतिर

काठमाडौं ः उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा आज झण्डाविहीन गाडी चढेर प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्। दिउँसो पौने एक बजे सेतो नम्बर प्लेटको स्कोरपियोमा बालुवाटार पुगेका महरा करिब २० मिनेट प्रधानमन्त्रीसँग भेट गरी बाहिरिएका हुन्।

झण्डाविहीन गाडीमा महरा बालुवाटारतिर

कांग्रेससँग सत्ता साझेदार रहेको माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग एकीकरणको प्रक्रिया अघि बढाएपछि कांग्रेस भित्र सरकारमा एकसाथ बस्न नहुने र हुने विषयमा तीब्र बहस चलिरहेको छ। महरा माओवादीलाई नेतृत्व गरेर सरकारमा छन्।

माओवादीले सरकार छोड्दा समेत सरकारलाई संसदको बहुमत कायम रहने भन्दै प्रतिपक्ष र सरकारमा एक साथ रहने व्यवस्था अन्त्यका लागि प्रधानमन्त्री देउवालाई कांग्रेस नेताहरुले दवाव बढाइरहेका छन्।

यही बेला उपप्रधान तथा परराष्ट्र मन्त्री महराले प्रधानमन्त्रीलाई भेट्दा झण्डाविहीन गाडीको प्रयोगले धेरैको ध्यान तान्यो। महराले बालुवाटार पुग्दा कालो सिसाको सरकारी नम्बर प्लेटको स्कोरपियो प्रयोग गरेका थिए। उनलाई सशस्त्रको पछुवा गाडीले भने स्कर्टिङ गरेको थियो।





error: Content is protected !!