दशैंको टिकासँगै प्रधानमन्त्री देउवा तनावमा , एमाले–माओवादी केन्द्रको ललितपुरमा गोप्य वार्ता !
काठमाडौं, १७ असोज । कांग्रेसलाई कमजोर पार्न कस्सिए ,एमाले र माओवादीबिच भागबण्डा यस्तो,
नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेलदेखि पार्टी एकीकरण सम्मको कुरा चलेको छ । सो प्रस्तावलाई निष्कर्षमा पुर्याउन दुवै दलले आन्तरिक तयारी छलफल तिब्र बनाएकाछन् ।
छलफल ललितपुर सिडियो कार्यलय नजिकै भइरहेको छ । दुई पार्टीबीच आजै औपचारिक सहमतिपत्रमा हस्ताक्षर गर्ने गरी एमाले र माओवादीले आन्तरिक छलफललाई बढाएका हुन् ।
विशेषगरि नेपाली कांग्रेसको सरकारमा भारतिय हस्तक्षेप बढि भएको प्रचण्डले ठहर गर्दै एमालेसँग नजिकिएको उच्च स्रोतले बताएको छ ।
आउँदो संघ र प्रदेशको चुनावमा तालमेल गर्ने र पार्टी एकीकरण गर्ने प्रस्तावसहित सात बुँदे मस्यौदामाथि दुई दलभित्र छलफल भएको नेताहरुले जनाएका छन् ।
एमालेका तर्फबाट वार्ता टोलीमा रहेका अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतमले छलफल गरेका हुुन् भने माओवादी केन्द्रले सचिवालय बैठक नै बोलाएर मस्यौदाबारे ब्रिफिङ गरेको छ ।
एमाओवादीबाट दुई पार्टी एक ढिक्का पार्न प्रचण्ड स्वयं खटेकाछन् भने नारायणकाजी श्रेष्ठ ,टोपबहादुर रायमाझी समेत लागि परेकाछन् ।
माओवादी सचिवालय बैठकमा केही नेताले प्रस्तावप्रति असहमति जनाए पनि अधिकांश नेता तालमेल र पार्टी एकीकरणको पक्षमा देखिएका छन् ।
देउवा आत्तिए
दशैंको टिका सकिएसँगै प्रधानमन्त्री देउवालाई अत्तालिएकाछन् । पार्टी नेतृतव समेत लिएका देउवाले नेपाली कांग्रेसलाई खरानी पार्ने काम भइरहेको अपजस पाइरहेका बेला एकाएक सत्ता समेत चिप्लाउने भएकाछन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच भेटवार्ता भएको छ । माओवादी केन्द्रले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग हिमचिम बढाउने तयारी गरेपछि अध्यक्ष दाहालले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटावर्ता गरेका हुन् ।
दुई नेताबीच एक घण्टा एक्ला एक्लै कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, संघीय समाजावादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पनि अध्यक्ष दाहालले भेटवार्ता भएको छ । स्रोत न्युज अभियान