देउवालाई माओवादीको बचनः चुनावसम्म समर्थन फिर्ता लिन्नौं

    १७ असोज, काठमाडौं । एमालेसँग चुनावी तालेमलसँगै पार्टी एकता गर्ने सहमति गरेको नेकपा माओवादी केन्द्रले चुनाव अघि सरकार परिर्वतन नगर्ने बताएको छ ।

अहिले माओवादीको समर्थनमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा गठवन्धन सरकार छ । माओवादीले प्रमुख विपक्षी एमालेसँग चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति गरेपछि देउवा सरकारको भविश्यबारे प्रश्न उठेको थियो ।

मंगलबार एमाले र माओवादी शीर्ष नेताहरुको वार्तामा आसन्न चुनावअघि सरकार परिर्वतन नगर्ने सहमति भएको छ ।

माओवादी एक नेताले अनलाइनखबरसँग भने, ‘चुनावी तालमेल र एकता हाम्रो आन्तरिक विषय हो र कांग्रेसले पनि अरु कुनै दलसँग तालमेल वा एकता गर्न सक्छ । हामी सरकारलाई दिएको समर्थन फिर्ता लिन्नौं भन्ने सन्देश दिएका छौं ।’

माओवादीको यो बचनपछि मंसिरको प्रदेश र संसदको चुनाव देउवा सरकारले नै गराउनेछ ।

तर, देउवाले राजीनामा दिएमा भने एमाले र माओवादी मिलेर अर्को सरकार बनाइने नेताहरुले बताएका छन् ।-अनलाइन खबर





error: Content is protected !!