४० र ६० कै अनुपातमा, एमाले माअोबादी अा-अाफ्नै चुनाब चिन्हमा चुनाब लडने।

        एमाले र माओवादी केन्द्रबीच आउँदो प्रतिनिधिसभा तथा प्रदेश सभाको चुनावमा तालमेल गर्ने सहमति भएको छ। एमाले र माओवादीबीच आआफ्नै चुनाव चिन्ह लिएर तालमेल गर्ने समझदारी बनेको हो। तालमेलको रुपरेखाबारे जानकारी दिन आजै पाँच बजे प्रज्ञा भवन कमलादीमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरिएको छ।

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा ६०/४० को अनुपातमा गठबन्धन बनाएर निर्वाचन लड्ने दुई दलबीच सहमति भएको हो। गठबन्धन बनाएर निर्वाचन लडेपनि दुई दलले आ–आफ्नै चुनाव चिह्नमा प्रतिष्पर्धा गर्ने समझदारी बनेको हो। यसअघि एमालेको चुनाव चिह्न लिएर दुई दलले संयुक्त रुपमा निर्वाचनमा भाग लिने चर्चा थियो।

ललितपुरको मानभवनमा एमाले र माओवादीका शीर्ष नेताबीच भएको छलफलपछि संयुक्त पत्रकार सम्मेलन डाकिएको हो। नेताहरुबीच पार्टी एकताबारे पनि छलफल भएको छ। पार्टी एकताका विषयमा छलफललाई अघि बढाउन दुवै पक्षका नेता सम्मिलित एकता संयोजन समितिको घोषणासमेत आजै हुनेछ। यस्तै, सरकारको नेतृत्व आलोपालो गर्ने, साझा विधान बनाउने लगायतका विषयमा समेत समझदारी कायम भएको छ।

error: Content is protected !!