आज बिहानै रुकुम र जाजरकोटमा भुकम्पको धक्का।

जाजरकोट – आज बिहानै जाजरकोट र रुकुममा भुकम्पको धक्का महशुस गरिएको छ। । रुकुमको आठबिसकोट नगरपालिका १० आठबिसकोट केन्द्रविन्दु भएर बिहान ७:०७बजे भुकम्प पराकम्पन गएको छ।

आज विहान ७ बजेर ७ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख रत्नमणि गुप्ताले जानकारी दिनु भएको छ।

भुकम्पको धक्काले भने जाजरकोटको पुर्बी भागमा सामान्य रुपमा क्षति भएको खबर आएको छ भने रुकुम तथा जाजरकोटका अन्य ठाउँहरुमा कुनै क्षति नभएको या त पुर्ण खबर आउन सकेको छैन ।र भुकुम्पले सामान्य रुपमा भत्कन थालेका चिजहरुमा क्षति भए पनि मानबिय क्षति भने भएको छैन।





error: Content is protected !!