भित्र्याउने बेलाको मकै र तरकारीबालीमा किराको प्रकोप बढेपछि उत्पादनमा गिरावट


जाजरकोटको त्रिवेणी नलगाड नगरपालिकाको अधिकांश वडाहरुमा भित्र्याउन लागेको मकै, तरकारी बालीमा किराको प्रकोपले उत्पादनमा गिरावट आएको छ ।पाकेको मकै , सिमी, मास,सोस्टा , बोडी लगाएतका बालीमा किराले खाँदा खोस्टो मात्र बाँकी रहेको त्रिवेणी नलगाड नगरपालिका वडा नं ८ का हरीवहादुर खत्रीले बताए ।
बाहिर राम्रो देखिएपनि भित्र किराले खाँदा गेडाको खोस्टा मात्र बाँकी रहेको हुँदा निकै समस्या देखिएको उनले बताए । यो नगरपालिकाको अधिकांश वडामा यस्तो समस्या देखिएको उनले बताए । घुन र कमिलाले पुरै अन्न सखाप बनाएकाले बिउ कसरी जोगाउने भन्ने चिन्ता भएको स्थानीयले बताए ।



