नेपालगञ्ज-खजुरा सडकमा बस र ट्रक जुधे, एकको मृत्यु, २३ घाइते

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज-खजुरा सडकखण्डमा बस र ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । ना ४ ख १०९४ नम्बरकोे बस र ना २ ख ९३६० नम्बरको ट्रक गएराति ठोक्किएका हुन् ।
मृत्यु हुनेमा भारत रूपैडिहाका राम मनाेहर शर्मा रहेको बाँके प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकाहरूमध्ये १० जनाको अवस्था गम्भीर छ । एक जनालार्इ लखनउ रिफर गरिएको छ भने ९ जनाको मेडिकल
कलेजमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरू अरू सबै उपचार पछि घर फर्किएका प्रहरीले जनाएको छ ।
-अनलाइन खबर



